Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 मकवानपुरमा बन्दको आंशिक प्रभाव

 पाल्पामा बम विष्फोट, चितवनमा बस माथी ढुङ्गा प्रहार  

20048735_1348136358605004-1499752862.jpg

तस्विरः प्रष्ट खबर

 २७ असार, हेटौँडा । आफ्ना कार्यकर्ताको पक्राउको कारण जनाउदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको हेटौँडा लगायत देशैभरी आंशिक प्रभाव परेको छ ।

शैक्षिक संस्थामा बन्दको प्रभाव पुर्ण रुपमा  देखिएपनि हेटौँडाका बजार खुलेका छन मोटरसाईकल,अटो, मयुर ,टेम्पु निवार्ध रुपमा चलेका छन  भने हेटौँडा भएर लोमो तथा छोटो दुरीमा चल्ने यात्रुबाहक र मालबाहक सवारी साधन आंशिक रुपमा चलेको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख नविन अधिकारीले जानकारी दिए ।  बन्दकर्ता सडकमा देखिएका छैनन भने अहिले सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यता, आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेकोले  विप्लव नेतृत्वका कार्यकर्ताले बम विष्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय  पाल्पाले जनाएको छ । 

त्यसैगरी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा विप्लव नेतृत्वका कार्यकर्ताले सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंबरको गुडिरहेको बसमा ढुङ्गा प्रहार गरेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको   झ्यालको सिसा फुटेका बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार