Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 मकवानपुरमा बन्दको आंशिक प्रभाव

 पाल्पामा बम विष्फोट, चितवनमा बस माथी ढुङ्गा प्रहार  

20048735_1348136358605004-1499752862.jpg

तस्विरः प्रष्ट खबर

 २७ असार, हेटौँडा । आफ्ना कार्यकर्ताको पक्राउको कारण जनाउदै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको हेटौँडा लगायत देशैभरी आंशिक प्रभाव परेको छ ।

शैक्षिक संस्थामा बन्दको प्रभाव पुर्ण रुपमा  देखिएपनि हेटौँडाका बजार खुलेका छन मोटरसाईकल,अटो, मयुर ,टेम्पु निवार्ध रुपमा चलेका छन  भने हेटौँडा भएर लोमो तथा छोटो दुरीमा चल्ने यात्रुबाहक र मालबाहक सवारी साधन आंशिक रुपमा चलेको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख नविन अधिकारीले जानकारी दिए ।  बन्दकर्ता सडकमा देखिएका छैनन भने अहिले सम्म मकवानपुरमा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
यता, आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको छ । मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेकोले  विप्लव नेतृत्वका कार्यकर्ताले बम विष्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय  पाल्पाले जनाएको छ । 

त्यसैगरी चितवनको खैरहनी नगरपालिकास्थित खैरहनी चोकमा विप्लव नेतृत्वका कार्यकर्ताले सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख १०८५ नंबरको गुडिरहेको बसमा ढुङ्गा प्रहार गरेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीको चालकतर्फको   झ्यालको सिसा फुटेका बताईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार