Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ह्विल चियर र निर्व्याजी ऋण सहयोग 

Wheel-Chair-1499756625.jpg

२७ असार, हेटौंडा । नेपाल नेत्रहिन संघ, नेत्रहिन पुर्नस्थापना कार्यक्रम मकवानपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर र ह्विल चियर र निर्व्याजी ऋण सहयोग ऋण प्रदान गरेको छ । आयआर्जनको स्रोतको विकासका साथैं आत्मसम्मान र परिवारको आर्थिक पक्ष बलियो बनाउने उद्येश्यले बकैंया गाउँपालिका वडा नम्बर ३ र ४ मा ह्विल चियर र निर्व्याजी ऋण प्रदान गरेको हो ।
बकैंया गाउँपालिका वडा नम्बर ३ का एकैं परिवारका उत्तर घिसिङ, ज्ञानीमाया घिसिङ र टोकबहादुर घिसिङलाई २ थान ह्विल चियर प्रदान गरिएको छ । नेत्रहिन पुर्नस्थापना कार्यक्रमका क्षेत्र निर्देशक प्रेम महर्जनले एक कार्यक्रमका बिच ह्विल चियर प्रदान गरेका थिए । संघले छतिवनका दृष्टिविहीन पदमबहादुर विश्कर्मा र बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुेरेका राजकुमार राइलाई आयमुलक कार्यका लागि १५ हजार रुपिया निब्र्याजी ऋण पनि प्रदान गरेको फिल्ड सुपरभाईजर जीवन डल्लाकोटीले बताए ।
संघले दृष्टि विहीनलाई निर्व्याजी ऋण प्रदान गर्नुका अलावा दृष्टिविहीनलाई उपचार सहयोग, विद्यालय र क्याम्पसका विद्यार्थीलाई छात्रवृति, सङ्गठन विस्तार कार्य पनि आफूहरुले गरिरहेको क्षेत्र संयोजक महर्जनले बताए । यसअघि, हेटौंडाको बस्तीपुर, हटिया, भीमफेदी, कोगटेका गरी १३ जना दृटिविहीनलाई आयआर्जनमा सघाउ पुर्याउन १० हजार देखि २५ हजार रुपियासम्म निर्व्याजी ऋण सहयोग गरिएको संघले जनाएको छ ।
मकवानपुरमा अपाङ्गताको अवस्थाबारे ४० जना गणकले पाँच महिनामा तथ्याङ्क सङ्कलन गरेको थियो । जसमा सबै प्रकारका अपाङ्गता भएका व्यक्ति १० हजार ८ सय १ जना रहेको पत्ता लागेको थियो । यसमध्ये ४ हजार ५ सय ६ जना निको हुने दृष्टिविहीन र ७ सय ८ जना निको नहुने दृष्टिविहीन रहेको पाइएको थियो ।
गुगल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार