Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ह्विल चियर र निर्व्याजी ऋण सहयोग 

Wheel-Chair-1499756625.jpg

२७ असार, हेटौंडा । नेपाल नेत्रहिन संघ, नेत्रहिन पुर्नस्थापना कार्यक्रम मकवानपुरले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चियर र ह्विल चियर र निर्व्याजी ऋण सहयोग ऋण प्रदान गरेको छ । आयआर्जनको स्रोतको विकासका साथैं आत्मसम्मान र परिवारको आर्थिक पक्ष बलियो बनाउने उद्येश्यले बकैंया गाउँपालिका वडा नम्बर ३ र ४ मा ह्विल चियर र निर्व्याजी ऋण प्रदान गरेको हो ।
बकैंया गाउँपालिका वडा नम्बर ३ का एकैं परिवारका उत्तर घिसिङ, ज्ञानीमाया घिसिङ र टोकबहादुर घिसिङलाई २ थान ह्विल चियर प्रदान गरिएको छ । नेत्रहिन पुर्नस्थापना कार्यक्रमका क्षेत्र निर्देशक प्रेम महर्जनले एक कार्यक्रमका बिच ह्विल चियर प्रदान गरेका थिए । संघले छतिवनका दृष्टिविहीन पदमबहादुर विश्कर्मा र बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुेरेका राजकुमार राइलाई आयमुलक कार्यका लागि १५ हजार रुपिया निब्र्याजी ऋण पनि प्रदान गरेको फिल्ड सुपरभाईजर जीवन डल्लाकोटीले बताए ।
संघले दृष्टि विहीनलाई निर्व्याजी ऋण प्रदान गर्नुका अलावा दृष्टिविहीनलाई उपचार सहयोग, विद्यालय र क्याम्पसका विद्यार्थीलाई छात्रवृति, सङ्गठन विस्तार कार्य पनि आफूहरुले गरिरहेको क्षेत्र संयोजक महर्जनले बताए । यसअघि, हेटौंडाको बस्तीपुर, हटिया, भीमफेदी, कोगटेका गरी १३ जना दृटिविहीनलाई आयआर्जनमा सघाउ पुर्याउन १० हजार देखि २५ हजार रुपियासम्म निर्व्याजी ऋण सहयोग गरिएको संघले जनाएको छ ।
मकवानपुरमा अपाङ्गताको अवस्थाबारे ४० जना गणकले पाँच महिनामा तथ्याङ्क सङ्कलन गरेको थियो । जसमा सबै प्रकारका अपाङ्गता भएका व्यक्ति १० हजार ८ सय १ जना रहेको पत्ता लागेको थियो । यसमध्ये ४ हजार ५ सय ६ जना निको हुने दृष्टिविहीन र ७ सय ८ जना निको नहुने दृष्टिविहीन रहेको पाइएको थियो ।
गुगल तस्विर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार