Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरको बागमतीमा ४ बर्षीया बालिकाको हत्या: २ जना पक्राउ

Polish_20201119_081630930-1605753279.jpg

४ मंसिर, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा वडा नम्बर -७ मा ४ बर्षीया बालिकाको हत्या भएको छ । बागमती गाउँ पालिका वडा नम्बर-७ लामीटार बस्ने सेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिनको हत्या गरिएको हो।यता हत्यामा संलग्न २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले घटनाको प्रकृति हेर्दा ४ बर्षीया बालिकालाई ढुङ्गा हानेर हत्या गरेको हुन सक्ने र घटनामा संलग्न भएको आशंकामा  २ जनालाई राति नै पक्राउ गरिसकेको प्रष्ट खबरलाई बताएका छन्। 

'घटनास्थलमा भेटिएको ढुङ्गामा रगत लतपतिएको र घटनाको प्रकृति हेर्दा ढुङ्गाले हानेर हत्या गरेको जस्तो देखिन्छ,घटनामा संलग्न २ पुरुषलाई पक्राउ गरिसक्यौ'- डिएसपी रानाले भने।

डिएसपी राना सहितको टोली घटनास्थलमा रहेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। मकवानपुर बागमती गाउँ पालिका वडा नम्बर-७ लामिटार बस्ने सेर बहादुर पाख्रिनकी ४ बर्षीया छोरी रुबिना पाख्रिन  हिजो दिउँसो घरबाट हराएको र उनलाई स्थानीय मोन्छाई खोलामा रगताम्मे अवस्थामा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याईएकोमा मृत्यु भएको थियो। बालिकाको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा रहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार