Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

बाइडेन बन्ने भए अमेरिकाका जेठा राष्ट्रपति

Joe-1605875632.jpg

File Photo

५ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेन शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका छन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने जनाइएको छ ।
यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए। अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिँदै आएको थियो । उमेरको हिसाबले बाइडेन वृद्ध भए पनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरूले बताएका छन् । 
बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० वर्ष कान्छी हुन् । बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रूपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने सम्भावना छ । 
बाइडेन यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति थिए। त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर थिए। उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रूपमा उभिएका थिए। तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रूपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछि हटेका थिए।  
बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्य अन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उनलाई पटक पटक पारिवारिक शोक परेको थियो। उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो । सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथ ग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कसम्बन्धी समस्याका कारण मृत्यु भएको थियो । उनका चार सन्तान हुन् ।
उनले उच्च शिक्षाअन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिय नेताका रूपमा चिनिन्छन् ।
(सेतोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

थप समाचार