Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

कोरोनाभाइरसविरूद्धको खोप किन्न नेपाललाई ४८ अर्ब रुपैयाँ लाग्ने 

_114241106_vaccineillus97-1606009733.jpg

७ मंसिर, हेटौंडा । कोरोना भाइरस विरूद्धको खोप किन्न नेपाललाई ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले कोरोना विरुद्धको खोप उपलब्ध भए खरिद गर्न करिब ४८ अर्ब लाग्ने अनुमान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत् रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिको सुझावअनुसार नेपालमा १५ वर्षमाथिका कुल ७२ प्रतिशत नागरिकलाई खोप लगाउन उक्त रकम आवश्यक पर्ने देखिएको हो ।
खोपको व्यवस्था आन्तरिक स्रोत तथा बाँकी रकम भने दातृनिकाय र विकास साझेदारबाट लिने स्वास्थ्य मन्त्रालयको तयारी रहेको डा. उप्रेतीले जानकारी दिए । खोपको विश्वव्यापी गठबन्धन गाभीले ‘कोभ्याक्स’ कार्यक्रमअन्तर्गत् कम र मध्यम आय भएका नेपालसहित ९२ देशलाई खोप उपलब्ध गराउन सहयोग गर्छ ।
सो कार्यक्रमअनुसार नेपालमा पनि २० प्रतिशत नागरिकलाई खोप दिन सहयोग गर्ने सहमति भएको छ । यसअनुसार एक मात्रा खोपको दुई अमेरिकी डलरमात्रै तिर्नुपर्ने हुन्छ । तर, ५२ प्रतिशत नागरिकलाई भने नेपाल सरकारको स्रोत वा अन्य सहयोगमार्फत् नै खोप किन्नुपर्ने हुन्छ ।
नेपालले गाभीमार्फत् पाउने खोप सुरुमा जोखिमयुक्त क्षेत्रमा रहेकालाई उपलब्ध गराइने डा. उप्रेतीले बताए । अहिले कोरोनाभाइरसविरूद्ध निर्मित खोपको परीक्षणमा विश्वभर महत्वपूर्ण प्रगति भएको छ । एक दर्जनभन्दा बढी खोप तेस्रो चरणको ‘क्लिनिकल’ परीक्षणमा रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार