८ मंसिर,हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका २ याङराङमा नेकपा राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस आदिवासी जनजाति विभाग भीमफेदी गाउँपालिकाद्वारा हिजो आईतबार याङराङमा गरेको आदिवासी जनजाति सभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायतको पार्टी परित्याग गरी १ सय ९५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
आदिवासी जनजाति विभाग भीमफेदी गाउँपालिका संयोजक गोपीराम बलको सभाध्यक्षता, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको विशिष्ठ आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि डिनाले कम्युनिष्ट सरकार जनताको विकास निर्माणका आकांक्षामा खरोरुपमा उत्रन नसकेको बताउँदै ५ वर्षसम्म आनन्दले जनताको सेवा र विकासनिर्माणमा लाग्न जनताले दुई तिहाई नजिकको सरकार बनाउन सहयोग गर्दापनि सत्ता लिप्सा, महामारीमा पनि चरम भ्रष्टचार र आन्तरिक किचलोमै फसिरहेको बताइन ।
'कम्युनिष्ट सरकारले जस्तो छलकपटको राजनीतिक गरेर जनतालाई झुक्याएर भ्रष्टचारमा लिप्त भई नेताहरुले आफ्नो दुनो सोझ्याउने काम कांग्रेसले कहिल्यै गरेन, जनताको बीचमा गएर कांग्रेसले भण्डाफोर अभियान संचालन गर्नुपर्छ'- डिनाले भनिन्।
कार्यक्रमका विशिष्ठ अतिथि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभिापति बानियाँले नवप्रवेशीलाई स्वागत गर्दै जनतालाई विभिन्न आश देखाएर भोेट मागेर चुनाव जितेर सत्तामा गएपनि आफैं भ्रष्टाचार र कमाउ धन्दामा लिप्त भएको बताएका छन् ।
'गरिवको कुरा गर्दै विभिन्न सपना बाँडेर सत्तामा पुगेपनि कम्युनिष्ट सरकारले भ्रष्टचारी र तस्करीको मात्रै काम गर्यो, महामारीको यो विकराल समयमा पनि चरम भ्रष्टचार र आन्तरिक किचलोमा कम्युनिष्ट सरकार फसिरहेकेको छ'- बानियाँले भने। ।
कार्यक्रममा कांग्रेस नेताहरुको विशेष सहयोगमा निर्मित भीमफेदी गाउँपालिका ९ सोलाभञ्ज्याङबाट भीमफेदी २ याङराङसम्मको साँढे २ किलोमिटर मोटरबाटोको उद्घाटन् गरिएको थियो । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र स्थानीय नेता गोपीराम बलद्वारा ३ लाख ८० हजार बराबरको सहयोगमा उक्त मोटर बाटो निर्माण गरिएको हो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य एवं आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जन, प्रतिनिधिसभा २ को ख का क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, भीमफेदी गाउँपालिका सभापति सञ्जिव श्रेष्ठ, महाधिबेशन प्रतिनिधि मोमलाल दोङ, क्षेत्रीय सदसय गोरीमाया लामा, भीमफेदी गाउँपालिका सल्लाहकार नारायण थापा, निर्मला बल, भूमिका स्याङतान लगायतले मन्तव्य व्यक्त गरेका थिए।
८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...
८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...
८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...
८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...
८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...
८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...
८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...
८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...
८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
२६ पुस, हेटौंडा । नेपाल प्रहरीसंगको गोली हानाहानमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का एकजनालाई...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...