890x90-1603382814.gif

राजनीति

पार्टी सभापति र प्रधानमन्त्रीको भेटलाई सत्ता साझेदारीसँग नजोड्न कांग्रेसको आग्रह

nepalicongress-1596940066-1606131977.jpg

८ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ ।
लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो । 
पार्टीभित्र द्वन्द चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको बताएको हो । 
शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउँदै प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो की भन्ने आशंका नगर्न पनि आग्रह गरे ।
अहिले सरकारमा सहभागि हुने कांग्रेसको रुचीको विषय नभएको उल्लेख गर्दै प्रवक्ता शर्माले जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफुहरु लालयित नभएको स्पष्ट पारे ।
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार