२८ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार गर्न लागेको मन्त्रीमण्डलमा मकवानपुरका एक नेताको नाम परेको छ ।
संविधान संशोधन प्रस्तावमा एमाले, राप्रपा लगायतका दलहरु सकारात्मक नभएपछि तत्काललाई संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच आन्तरिक सहमति भएको रिपोर्टर्सनेपाल डट कम को समाचारमा उलेख छ ।
प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले अब ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेको छ। देउवाको तर्फबाट यसअघि नै तीन जना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् । रिपोर्टर्सनेपाल डट कम को समाचार अनुसार नयाँ मन्त्रीमण्डलमा यी नेता मन्त्री बन्ने करिब निश्चित छ ।
कांग्रेसबाट को–को मन्त्री बन्दैछन् ?
अम्बिका बस्नेत, मीन कुमार विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे (देउवाबाट)
बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी (रामचन्द्र पौडेल समूहबाट)
भीमसेनदास प्रधान (सिटौला समूहबाट), मोहन बस्नेत (खुमबहादुर खड्का समूहबाट)
त्यस्तै दिपक खड्का ( डा. शंशाक कोइरालाबाट)
माओवादी केन्द्रबाट को को मन्त्री बन्दैछन् ?
महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी र (सिता नेपाली र गिरिराजमणि पोखरेलमध्ये एकजना) जना मन्त्री बन्ने पक्का भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आउने आईतबार वा सोमबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिसकेका छन् ।
त्यस्तै देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३, कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ वटा र हरिचरण साहलाई पनि १ मन्त्रालय दिने तयारी गरेका छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







