890x90-1603382814.gif

समाज

हेटौँडा-४ पारीजातपथबाट १५ जुवाडे पक्राउ

20201101_084000-1606441697.jpg

सांकेतिक फोटो

१२ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा वडा नम्बर-४ पारीजातपथबाट हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा नगद सहित १५ जुवाडेलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक  ईन्द्र बहादुर राना, वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा संयुक्त रुपमा खटि गएको  प्रहरी टोलीले बिहीबार राति  हेटौँडा-४ पारिजातपथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा तास खेलिरहेको अवस्थामा  तिन लाख बत्तिस हजार आठ सय बयानब्बे रुपैयाँ सहित १५ जुवाडेलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेका छ । तास खेलाउने घरधनी फरार रहेको जनाइएको छ।  पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन,२०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
विजय यूथ हेटौंडा गोल्डकपको खेल तालिका सार्वजनिक
20201224_160539-160880533-1611532840.jpg

१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...

वडास्तरीय फुटबलमा एफसी ज्यामिरे विजयी
Football-1611495782.jpg

११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे  ‘बि’ विजयी भएको छ...

नेकपाले आश्वासनमात्रै बाँड्यो, काम गरेनः गौतम
NC-1611494412.jpg

११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...

प्रचण्ड–माधव पक्षको नेकपाले ओलीलाई साधारण सदस्यबाट हटायो
pm-kp-sharma-oli-1611493916.jpg

११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...

मकवानपुर प्रहरीद्वारा ४ बर्ष देखि फरार प्रतिवादी पक्राउ
20201111_135709-1611493682.jpg

११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...

सुवासको ’सपनाका अवयव’माथी हेटौँडामा चर्चा 
141785584_532317638436089-1611492972.jpg

११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...

हेटौँडा-६ मा रहेको नारी चेतनाको सपथ ग्रहण
20210124_175131-1611490208.jpg

११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...

हेटौंडा ११ मा बस र मोटरसाईकल ठोक्किदा तीनजना घाइते
142425029_101751816540343-1611479605.jpg

११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...

कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता विस्थापित हुने डर
141876424_162860815355189-1611479022.jpg

११ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको...

थप समाचार