Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन बागमती प्रदेशले बुझायो वनमन्त्रीलाई ज्ञापनपत्र

20201127_174430-1606478631.jpg

भीमसेन पौडेल

१२ मंसिर,हेटौडा । रुख कटान, विक्री वितरण र ओसारपसारमा लगाईएको प्रतिवन्ध फुकुवा गर्नु पर्ने लगायतको माग राखी शुक्रवार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाललाई सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशले ज्ञापनपत्र बुझाएको छ ।

महासंघ बागमती फेकोफन बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाको नेतृत्वमा गएको टोलीले  मन्त्री नेपाललाई ज्ञापनपत्र बुझाएका हुन ।ज्ञापन पत्रमा उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु पर्ने उल्लेख गरिएको छ ।रोकिएको काठ कटान ओसारपसार र विक्री वितरण तत्काल खुला गर्नु पर्ने,सामुदायिक वन उपभोक्ता समूहको विधान तथा कार्ययोजनामा उल्लेख भए बमोजिमको साधारणसभाले गरेको निर्णय अनुसार वन सम्वर्धनका कार्यहरु गर्ने, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने उल्लेख गरिएको छ । 

त्यसैगरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई रोक्नु पर्ने, सामुदायिक वन उपभोक्ता समूहको सुशासन र क्षमता अभिवृद्धिका लागि वन सम्वन्धि कार्यक्रम संचालन गर्नुपर्ने, चुरे संरक्षण व्यवस्थापन स्थानीय समूदायका नेतृत्वमा हुने गरी वन ऐनमा व्यवस्थापन गर्ने लगायतका १२ वटा मागहरु समावेश गरिएका छन । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलगाई,महासंघ बागमती प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपाने, सदस्य रामहरि चौलागाई,अर्जुनप्रसाद दाहाल, महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, विभिन्न सामुदायिक वनका प्रतिनिधी,संचारकर्मी लगायतका उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार