Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुर कांग्रेसमा प्रवेशको लहर, विभिन्न पार्टी परित्याग गरी शनिवार ६१५ जना कांग्रेसमा प्रवेश

127227745_404398407417184-1606567369.jpg

१३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विभिन्न ४ वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा राप्रपाको वडाअध्यक्षका प्रत्यासीसहित ६ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार विहान हेटौंडा १० को वडा कार्यसमितिको आयोजनामा वडासभापति कालू घलानको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा हेटौंडा १० का राप्रपाका वडा अध्यक्षका प्रत्यासी अमर लामालगायत ५० जना नेकपा, राप्रपा, चुरेभावर पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यसैगरी हेटौंडा १ नकौलीमा कांग्रेसको पहलमा निर्मित लोकतान्त्रिक सामाजिक गुठीको सामुदायिक भवनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
हेटौंडा १ का वडासभापति हरिकृष्ण महर्जनको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा र राप्रपाका ३ सय ४५ जना  कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै शनिबार नै नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाबाट ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रदेश २ ख का क्षेत्रीय सभापति लोक मोक्तानको सभाध्यक्षता तथा पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा हेटौंडा नगरका विभिन्न वडाका नेकपा, राप्रपाका ४५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यसैगरी शनिबारै हेटौडा १९ बस्तीपुर कुनाटोलमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस हेटौंडा १९ का सभापति धनबहादुर गुरुङको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शनिबार हेटौंडा उपमहानगरको ४ वटै छुट्टाछुट्टै कार्यक्रमहरुमा पार्टी जिल्ला कार्यसमितिका पदाधिकारी तथा जिल्ला सदस्यहरु, सल्लाहकारहरु, नगर सभापति, संघीय सभापति, क्षेत्रीय सभापति, वडाअध्यक्षहरुले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार