१४ मंसिर, दिपायल । भरखरै सरुवा भएर सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले पत्रकार र प्रहरीको एक अर्काका परिपूरक भएकोले समन्वय आवश्यक रहेको बताएका छन् ।
प्रदेश तालिम केन्द्र दिपायलको जिम्मेवारी पाएपछि शनिबार गरिएको पत्रकार भेटघाटका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले यसो बताएका हुन । प्रेस र पत्रकार राज्यको चौथो अंग रहेको र राष्ट्रको पहरेदार भएको बताउदै प्रहरी प्रशासनको हरेक काम कारवाहीलाई जनतासामु पुर्याउन पत्रकार सधै कटिबद्ध रहेको उल्लेख गरे ।
'पत्रकार र प्रहरीबीचको सम्बन्ध एक सिक्काका दुईपाटा जस्तो हुनुपर्छ एक पाटो बिना अर्को पाटो सम्भव हुदैन त्यसैले एक आपसमा दोहोरो सहयोग र समन्वय हुन आवश्यक छ'- एसएसपी सिंहले भने ।
उनले आफुले प्रदेश तालिम केन्द्रको जिम्मेवारी पाएपछि अब कार्यालयले गरेको कार्यहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । एसएसपी सिंह केही दिन अघि मात्र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल पुगेका हुन ।एसएसपी सिंह मिडिया मैत्रि प्रहरी अधिकारीको रुपमा चिनिन्छन।उनले मकवानपुर प्रहरी प्रमुख रहदा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका थिए ।
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...








-nepal-1794361871.jpg)









