890x90-1603382814.gif

समाज

हेटौँडा अस्पतालमा आइसियु र एचडियु कक्ष संचालनमा,मुख्यमन्त्री पौडेलले गरे उदघाटन

20201130_102446-1606711547.jpg

१५ मंसिर,हेटौँडा। हेटौंडा अस्पतालमा आजबाट   सघन उपचार कक्ष (आइसियु) तथा उच्च उपचार कक्ष एचडियु सञ्चालनमा आएको छ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार बिहान अस्पताल हातामा निर्माण गरिएको आइसियु कक्ष  एचडियु कक्षको उदघाटन गरेका छन्।उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आइसियु कक्ष  एचडियु कक्ष संचालनमा आएपछि  स्वास्थ्य सेवामा फड्को मार्नेकुरा आफु निश्चित भएको बताएका छन्।  

'हिजोको दिनमा सामान्य बिरामी रिफर गरिनुपरथ्यो  अस्पतालको चौतर्फी आलोचना हुन्थ्यो,अब त्यो कामको अन्त्य भएको छ। अब हेटौँडा अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्छ'-मुख्यमन्त्री पौडेलले भने।   

त्यसैगरी कार्यक्रममा बोल्दै  मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आइसियु सञ्चालन पश्चात अब निकट भविष्यमा कार्डियोलोजाी र प्याथोलोजी सेवा सुरु गरिने बताए ।    

 कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलाल, हेटौँडा अस्पतालका मेसु डा. प्रविण श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका निर्देशक  डा. हरि खड्का लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए।  

 कार्यक्रममा  प्रदेश सभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, ओम बहादुर ग्लान, सामाजिक विकास मन्त्रालयका सचिव  दीपक काफ्ले,  मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष डि.आर पौडेल (प्रकाश)को अध्यक्षतामा भएको थियो ।

आजबाट संचालनमा आएको ४ वटा भेन्टिलेटर सहित ७ शैयाको आइसियु र १० शैया एचडियुमा  प्रतिदिन प्रतिवेड एचडियुको १५०० लाग्ने, भेन्टीलेटर सहितको आइसियु ४ हजार र विना भेन्टिरलेटरको आइसियु २ हजार प्रतिदिन लाग्ने जनाइएको छ।

20201130_102458-1606711549.jpg

समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
सपना बाँडेको भन्दै बानियाँले दिए प्रधानमन्त्री ओलीलाई यस्तो 'दनक' (भिडियो)
Baniya-1611241171.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले...

बागमती प्रदेशसभाको बैठक शुक्रबार बस्ने, अविश्वासको प्रस्ताव टेबुल हुने
Bagmati-Pradesh-Sabha-1611239038.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो...

सिद्धार्थ माविको बार्षिक उत्सव सम्पन्न
20210121_200142-1611238864.jpg

८ माघ,हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४५ औँ बार्षिक उत्सव समापन गरेको ...

कांग्रेसको हेटौँडा-८ मा पनि विरोध कार्यक्रम
20210121_174359-1611230596.jpg

८ माघ,हेटौँडा । कांग्रेसले हेटौँडा वडा नम्बर ८ मा पनि कोपी शर्मा ओलीको संसद विघटन र संबैधानिक कु विरुद्ध विरोध...

९ नम्बर वडामा कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)
nn-1611229595.jpg

८ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट...

हेटौँडा-६ मा कांग्रेसको मोटरसाइकल र्‍याली सहित विरोध कार्यक्रम
20210121_165945-1611228261.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

यस्तो छ कांग्रेसको हेटौँडा ४,५ र ७ मा विरोध कार्यक्रम(फोटो फिचर)
20210121_155923-1611224657.jpg

८ माघ,हेटौँडा । नेपाली कांग्रेसको केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा देशभरका स्थानिय तहका वडाहरु आयोजना...

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी
Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख...

दाहाल-नेपालले जनतालाई झुक्याइरहेका छन्ः ओली
Kp-1611222948.jpg

८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले जनतालाई झुक्याइरहेको...

थप समाचार