२९ असार, हेटौँडा । स्थानीय तह निर्वाचनमा आप्mनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने ‘अन्तरघाती’ लाई कारवाही गर्ने विषय सेलाउँदै गएको छ ।
बैशाख ३१ गते भएको निर्वाचन सकिए लगतै मकवानपुरका राजनैतिक दलका नेता कार्यकर्ताले अन्तरघातिलाई कारवाही गर्नुपर्ने आवाज चर्को रुपमा उठाएपनि अहिले भने यो विषय सेलाउँदै गएको हो । कार्यकर्ताले भने अन्तरघातिलाई कारवाही नगरेको भन्दै नेतृत्वसंग असन्तुष्टि व्यक्त गरिरहेका छन् । निर्वाचन सम्पन्न भएको २ महिना हुन लाग्दा अहिलेसम्म कुनै पार्टीले पनि कारवाही गरेको खबर छैन ।
विशेष गरी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपामा अन्तरघातको मुद्धा चर्को रुपमा उठेको थियो । नेपाली कांग्रेसले निर्वाचनमा भएको अन्तरघातबारे एक साताभित्र प्रतिवेदन बुझाउन सम्बन्धित तहलाई निर्देशन दिए पनि अहिलेसम्म यसको निक्र्यौल भएको छैन । साउन २ गते हुने जिल्ला बैठकमा यसबारे चर्चा हुन सक्ने कांग्रेसका एक नेताले बताए ।
नेकपा एमालेका तल्लो तहबाट अन्तरघात गर्नेको नाम किटान गरी कारवाहीका लागि जिल्लामा आग्रह भएपनि यसबारे कुनै टुंगो नलागेको एक कार्यकर्ताले बताए । नेकपा माओवादी केन्द्रले चुनावी समिक्षा गर्दै अन्तरघात पहिचानका लागि समिति बनाएपनि कहिले कारवाही अघि बढ्ने हो अहिलेसम्म यसको निक्र्यौल भएको छैन ।
त्यस्तै केही दिन अघि भएको जिल्ला भेलामा राप्रपाका उम्मेदवार, नेता र कार्यकर्ताले पार्टीका उम्मेदवार हराउन अन्तरघात भएकाले कारवाहीका लागि जिल्ला नेतृत्वलाई आग्रह गरेका थिए । तर राप्रपामा पनि यसबारे ठोस कदम अघि नबढेको एक जिल्ला नेताले बताए ।
स्थानीय तहमा भएको अन्तरघातमा संलग्नलाई कारवाही नगरे आगामी दुई चुनावमा यसले नकारात्मक असर गर्ने कार्यकर्ताहरुको भनाई छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







