Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘मकवानपुरका अन्तरघातीलाई कारवाही खोई?’

Parties1-1499943305.jpg

२९ असार, हेटौँडा । स्थानीय तह निर्वाचनमा आप्mनै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने ‘अन्तरघाती’ लाई कारवाही गर्ने विषय सेलाउँदै गएको छ । 
बैशाख ३१ गते भएको निर्वाचन सकिए लगतै मकवानपुरका राजनैतिक दलका नेता कार्यकर्ताले अन्तरघातिलाई कारवाही गर्नुपर्ने आवाज चर्को रुपमा उठाएपनि अहिले भने यो विषय सेलाउँदै गएको हो । कार्यकर्ताले भने अन्तरघातिलाई कारवाही नगरेको भन्दै नेतृत्वसंग असन्तुष्टि व्यक्त गरिरहेका छन् । निर्वाचन सम्पन्न भएको २ महिना हुन लाग्दा अहिलेसम्म कुनै पार्टीले पनि कारवाही गरेको खबर छैन । 
विशेष गरी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपामा अन्तरघातको मुद्धा चर्को रुपमा उठेको थियो । नेपाली कांग्रेसले निर्वाचनमा भएको अन्तरघातबारे एक साताभित्र प्रतिवेदन बुझाउन सम्बन्धित तहलाई निर्देशन दिए पनि अहिलेसम्म यसको निक्र्यौल भएको छैन । साउन २ गते हुने जिल्ला बैठकमा यसबारे चर्चा हुन सक्ने कांग्रेसका एक नेताले बताए ।
नेकपा एमालेका तल्लो तहबाट अन्तरघात गर्नेको नाम किटान गरी कारवाहीका लागि जिल्लामा आग्रह भएपनि यसबारे कुनै टुंगो नलागेको एक कार्यकर्ताले बताए । नेकपा माओवादी केन्द्रले चुनावी समिक्षा गर्दै अन्तरघात पहिचानका लागि समिति बनाएपनि कहिले कारवाही अघि बढ्ने हो अहिलेसम्म यसको निक्र्यौल भएको छैन । 
त्यस्तै केही दिन अघि भएको जिल्ला भेलामा राप्रपाका उम्मेदवार, नेता र कार्यकर्ताले पार्टीका उम्मेदवार हराउन अन्तरघात भएकाले कारवाहीका लागि जिल्ला नेतृत्वलाई आग्रह गरेका थिए । तर राप्रपामा पनि यसबारे ठोस कदम अघि नबढेको एक जिल्ला नेताले बताए ।
स्थानीय तहमा भएको अन्तरघातमा संलग्नलाई कारवाही नगरे आगामी दुई चुनावमा यसले नकारात्मक असर गर्ने कार्यकर्ताहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार