Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बस्तीपुर जेसीज हाँडिखोलाको जेसीज सप्ताह सुरु

20201203_083136-1606963885.jpg

१८ मंसिर,हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह  सुरु भएको छ ।कोरोना भाइरस (कोभिड १९) को संक्रमणको डर कायमै रहेकोले बुधबारबाट तीन दिन विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन सुरु गरिएको जेसीज अध्यक्ष जयराज सुवेदीले जानकारी दिएका छन्। 

जेसीज सप्ताह अन्तर्गत बुधबार एकैदिन तीनवटा कार्यक्रम भएको छ । बुधबार बिहान हेटौंडा–१९ नेवारपानीमा रहेको डोदोन छोइलिङ बौद्ध गुम्बा समितिमा आश्रित अनाथ बालबालिकाको लागि खाद्यान्न सहयोग गरी जेसीज सप्ताह सुरु गरिएको हो । जेसीज अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडा सदस्य ईन्दिरा तामाङको प्रमुख आतिथ्यता रहेको थियो । अनाथ बालबालिकाको पालनपोषण एवम् शिक्षाको समेत जिम्मेवारी लिएको गुम्बामा जेसीजले प्रत्येक बर्ष सहयोग गर्दै आएको छ । कार्यक्रममा गुम्बाका प्रमुख लामा गुरु सोइनाम दोर्जे लामा, गुम्बा व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर मोक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । जेसीज सप्ताह मूल कार्यक्रम संयोजक रबिन ढकालले स्वागत गर्दै जेसीज सप्ताहमा आयोजना हुने कार्यक्रमको बिषयमा जानकारी गराएका थिए । 

यस्तै बुधबारै दिउँसो  मनहरी गाउँपालिका–५ बसन्तपुरमा रहेको भोजसिद्ध माविका विद्यार्थीका लागि मास्क, स्यानीटाइजर, सावुन लगायतका सामग्री सहयोग गरिएको छ । कार्यक्रम संयोजक पम्फा रोक्काको संयोजकत्व एवम् अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजाधर सुवेदी ‘केशव’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश रिजालले विद्यालयको अवस्थाको बिषयमा जानकारी दिएका थिए ।

तेस्रो कार्यक्रम अन्तर्गत बुधबार दिउँसो हेटौंडा–३ लेवटमा रहेको लेवट चौकीलाई सूचना बोर्ड सहयोग हस्तान्तरण गरिएको छ । कार्यक्रम संयोजक विदुर सिटौलाको संयोजकत्व एवम् ३ नम्बर वडा सदस्य विमला बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सवारी चेकिङको समयमा राजमार्गमा राख्नका लागि सूचना बोर्ड हस्तान्तरण गरिएको हो । लेवट प्रहरी चौकीका प्रमुख रुपक थापाले नागरिक र प्रहरीको सहकार्यले मात्रै शान्ति सु व्यवस्था कायम हुनसक्ने बताए । प्रमुख अतिथि बर्तौलाले ३ नम्बर वडा कार्यालय जेसीजसंग सहकार्यका लागि सदैव तयार रहेको बताइन् । कार्यक्रममा बस्तीपुर जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार सिटौला, सल्लाहकार नारायणबहादुर थोकर, अध्यक्ष सल्लाहकार प्रकाश लामा थोकर, सक्षम युवा क्लवका उपाध्यक्ष राजु लामा थोकर, नेकपाका वडा सचिव लोक लामा, समाजसेवी तीर्थराज दाहाललगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार