२० मंसिर ,हेटौँडा । बस्तिपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह सकिएको छ । कोरोनाका कारण समय छोट्टाएर ३ दिन विविध कार्यक्रमको आयोजना गरि मंसिर १७ गतेदेखि मनाइएको जेसीज सप्ताह शुक्रबार सम्पन्न भएको हो।
हेटौंडा १९ बस्तिपुरमा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम सहित जेसीज सप्ताह सकिएको हो। जेसीज सप्ताह २०२० अन्तर्गत सृजनशिल अनाथ प्राविमा खाद्यान्न वितरण, मनहरी-५ बसन्तपुरमा रहेको भोजसिद्ध माविमा मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण, लेवट चौकीलाई सूचना बोर्ड हस्तान्तरण, हेटौंडा-१९ नेवारपानीमा रहेको अरनीको माविलाई सूचना बोर्ड हस्तान्तरण गरिएको थियो । यस्तै मनहरी-४ माथिल्लो मसिनेमा रहेको सृजना प्राविमा न्यानो कपडा वितरण र जुम मार्फत कानूनी सचेतना कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक प्रकाश लामा थोकरको संयोजकत्व एवम् जेसीज अध्यक्ष जयराम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बिष्टले बस्तिपुर जेसीज संग सहकार्य गरि युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक कार्य गर्न तयार रहेको बताइन् । यस्तै १९ नम्वर वडा अध्यक्ष नरनाथ सुवेदी नवराजले आफ्नो वडामा जेसीजलाई विकासको साझेदार बनाएको उल्लेख गरे । कार्यक्रममा पूर्व अध्यक्ष दिपेन्द्रकुमार बर्तौला, अध्यक्ष सल्लाहकार ऋषि केवि, निर्मल बहुमुखी क्याम्पस अध्यक्ष बिष्णुहरि पण्डित, मुल कार्यक्रम संयोजक रबिन ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।मुल कार्यक्रम संयोजक ढकालले कार्यक्रम संयोजकहरुलाई मायाको चिनो वितरण गरेका थिए । उत्कृष्ट कार्यक्रम संयोजकको पुरस्कार पम्फा रोक्काले प्राप्त गरेकी थिइन् । अध्यक्ष सुबेदीले कोरोनाको कारण आफ्नो कार्यकालमा सोचे कति काम गर्न नसकेको स्वीकार गर्दै कोरोनाको समयमा आफ्नो कार्यक्षेत्रको स्थानीय तहलाई नगद हस्तान्तरण गरिएको स्मरण गरे । कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष सुनिल अधिकारी, पूर्व अध्यक्ष बिनोदकुमार बर्तौला, बसन्त सिटौलासहित विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...








-nepal-1794361871.jpg)









