Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा जेसीजको महिला साइक्लिङ्गमा बुढामगर प्रथम

20201205_190759-1607174793.jpg

२०मंसिर,हेटौँडा । हेटौंडा जेसीजको आयोजनामा  मकवानपुरको भिमफेदी गाउँपालिकामा सम्पन्न राष्ट्रिय स्तरको महिला साइक्लिङ्ग प्रतियोगितामा प्युठानकी भुमि बुढामगर प्रथम भएकी छिन्। 

शनिबार बिहान सम्पन्न करिब  ८ किलोमिटर साइक्लिङ्गमा  १२ जना राष्ट्रिय महिला साइक्लिस्टहरुलाई पछि पार्दै बुढामगर प्रथम भएकी हुन। उनले ७ किलोमिटर ८ सय मिटर कायम गरेको दुरीलाई  ४८ मिनेट २० सेकेन्डमा पार गरेकी थिइन। 

त्यसैगरी  पाँचथरकी इन्द्रकला नेम्वाङ दोस्रो भएकी छिन्। उनले निर्धारण गरिएको दुरी ५१ मिनेट २९ सकेन्डमा पुरा गरेकी थिइन्।त्यस्तै निर्धारित दुरी ५४ मिनेट १० सेकेन्डमा पुरा गर्दै  सोलुखुम्बुकी मिङ्मा याङजीङ शेर्पाले तेस्रो स्थान हासिल गरेकी छिन्। प्रथम,दृतिय र तृतीय स्थान हासिल गर्नेले क्रमश १८ हजार, १२ हजार र ६ हजार नगद सहित ,प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्।  

सहभागी प्रतियोगिको लागि   मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित सामरी पुलदेखि मकवानपुरगढी – ५ मा पर्ने गुम्बाडाँडासम्म ७ किलोमिटर ८ सय मिटर दुरी निर्धारण गरिएको थियो।भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विजयीहरु र सहभागीलाई पुरस्कार र सम्मानपत्र प्रदान गरेको थिए।  

हेटौँडा जेसीजका अध्यक्ष राजदेव बानियाँको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा जेसीसका पुर्व अध्यक्ष अरुण कुमार दाहाल,मकवानपुर जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष संगीत श्रेष्ठ, कार्यक्रम संयोजक लिशेन बस्नेत, कार्यकारिणी उपाध्यक्ष पवन कंसाकार, सागकी साइक्लिङकी गोल्ड मेडलिस्ट खेलाडी लक्ष्मी मगर र सोनी गुरुङ लगायतको अतिथ्यता रहेको थियो ।

लैङ्गिक हिंसाको १६ दिने अभियान अन्र्तगत हेटौँडा जेसीजको आयोजनामा राष्ट्रिय स्तरको  महिला साइक्लिङ्ग प्रतियोगिता गरिएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार