३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको समाचार अन्नपूर्ण पोष्टमा छ ।
सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार-हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो ।
व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो । शर्माकी पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार उहाँलाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । अख्तियारले भने त्योभन्दा एक दिनअघि नै शर्माविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
बिहीबारै मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गए पनि फाइल रुजु गर्न समय अभाव भएपछि फर्किएको थियो । शर्मालाई गाडीमै राखेर अख्तियार टोली अपराह्न सवा ४ बजे अदालत पुगेको थियो । 'फाइल अध्ययन गर्न ढिला भयो । फाइलहरू धेरै छन् । त्यसैले दर्ता हुन सकेन', विशेषका प्रवक्ता जगन्नाथ पौडेलले भने, 'शुक्रबार दर्ता गर्ने योजना छ ।' प्रवक्ता पौडेलले प्रतिवादी शर्मासहित अख्तियार टोली मुद्दा दर्ता गर्न अदालत आएको जानकारीसमेत दिए । शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ । शर्मा उक्त आयोगमा सदस्य थिए । अभियोगपत्रमा महत र ढकाललाई फरार देखाउँदै अख्तियारले अदालतबाटै 'वारेन्ट' जारी गर्न माग गरेको छ ।
'उनीहरूविरुद्ध १० अर्ब ९७ करोड भ्रष्टाचारको अभियोग छ । छानबिनका क्रममा व्यापारिक फर्मसँग मिलेर आफूले गैरकानुनी लाभ लिई राष्ट्रलाई ठूलो नोक्सान पुर्याएको देखिएको छ । सुनियोजित अपराध देखिएको छ,' स्रोतले भन्यो, 'यस्ता फाइल मात्रै ४५ वटा छन् ।'
विभिन्न व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो । झन्डै १७ सय निवेदनमध्ये आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो । झन्डै ३० अर्ब ५२ करोड रुपैयाँबराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो ।
आयोगमा रहँदा नाम मात्रको कर उठाएको आरोप उजुरीमा थियो । सोही उजुरीमा छानबिन हुँदा अनियमितता देखिएपछि बयानमा उपस्थित हुनुभएका शर्मालाई हिरासतमा लिइएको थियो ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


