३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै शुक्रबारलाई सरेको समाचार अन्नपूर्ण पोष्टमा छ ।
सर्वोच्च अदालतले शर्मालाई आफूसमक्ष उपस्थित गराउन तोकेभन्दा एक दिनअघि नै बिहीबार हतार-हतार अख्तियारले मुद्दा दर्ता गर्न लागेको थियो ।
व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो । शर्माकी पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार उहाँलाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । अख्तियारले भने त्योभन्दा एक दिनअघि नै शर्माविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।
बिहीबारै मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गए पनि फाइल रुजु गर्न समय अभाव भएपछि फर्किएको थियो । शर्मालाई गाडीमै राखेर अख्तियार टोली अपराह्न सवा ४ बजे अदालत पुगेको थियो । 'फाइल अध्ययन गर्न ढिला भयो । फाइलहरू धेरै छन् । त्यसैले दर्ता हुन सकेन', विशेषका प्रवक्ता जगन्नाथ पौडेलले भने, 'शुक्रबार दर्ता गर्ने योजना छ ।' प्रवक्ता पौडेलले प्रतिवादी शर्मासहित अख्तियार टोली मुद्दा दर्ता गर्न अदालत आएको जानकारीसमेत दिए । शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ । शर्मा उक्त आयोगमा सदस्य थिए । अभियोगपत्रमा महत र ढकाललाई फरार देखाउँदै अख्तियारले अदालतबाटै 'वारेन्ट' जारी गर्न माग गरेको छ ।
'उनीहरूविरुद्ध १० अर्ब ९७ करोड भ्रष्टाचारको अभियोग छ । छानबिनका क्रममा व्यापारिक फर्मसँग मिलेर आफूले गैरकानुनी लाभ लिई राष्ट्रलाई ठूलो नोक्सान पुर्याएको देखिएको छ । सुनियोजित अपराध देखिएको छ,' स्रोतले भन्यो, 'यस्ता फाइल मात्रै ४५ वटा छन् ।'
विभिन्न व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ छुट दिएको विषयमा शर्मालगायत व्यक्तिमाथि अख्तियारमा परेको उजुरीका विषयमा छानबिन भइरहेको थियो । झन्डै १७ सय निवेदनमध्ये आयोगले १ हजार ६९ फर्मको कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो । झन्डै ३० अर्ब ५२ करोड रुपैयाँबराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो ।
आयोगमा रहँदा नाम मात्रको कर उठाएको आरोप उजुरीमा थियो । सोही उजुरीमा छानबिन हुँदा अनियमितता देखिएपछि बयानमा उपस्थित हुनुभएका शर्मालाई हिरासतमा लिइएको थियो ।
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















