३० असार, हेटौँडा । मकवानपुरको ठूलो गाउँपालिका बकैयाले शुक्रबार आफ्नो पहिलो नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै १९ बर्षपछि छतिवन गाउँपालिकाले आव ०७४/०७५ का लागि नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँपालिकाको पहिलो गाउँ सभामा उपप्रमुख सरला बोलखेले आगामी आवका लागि ४२ करोड ६९ लाख २७ हजार रुपैँयाको अनमानित बजेट प्रस्तुत गरिन् । बजेटमा भवन तथा सहकारी कार्यक्रमका लागि ३ करोड १५ लाख, आर्थिक विकास कार्यक्रममा १ करोड १० लाख ९१ लाख रुपैँया, सडक, पुल एवं झोलुङ्गे पुलका लागि ७ करोड ९० लाख, जलविद्युत एवं खानेपानीका लागि १ करोड ४० लाख, स्वास्थ्य कार्यक्रम संचालनका लागि १ करोड ८५ लाख १२ हजार, शिक्षाका लागि १२ करोड ६५ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी, खानेपानी तथा सरसफाई कार्यक्रमका लागि १ करोड १० लाख, पर्यटन एवं संस्कृति प्रवद्र्धनका लागि ५० लाख, लैंगिक समानता एवं समावेशीकरण कार्यक्रममा ४० लाख, सिंचाईका लागि ४० लाख, सञ्चार कार्यक्रमका लागि १५ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ४१ लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवद्र्धनतर्फ ५ करोड ९७ लाख २५ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रमले दशकौंदेखि समस्याको रुपमा रहेको लालपूर्जाको समस्या समाधानलाई पहिलो प्राथमिकता दिएको छ । ३ बर्षभित्र गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने, वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने सडक विस्तार गर्ने, नदिहरुको व्यवस्थापन, १५ शैयाको अस्पताल स्थापना जस्ता विषयलाई अघि बढाउने गाउँपालिका प्रमुख दामोदर खनालले बताए ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















