२३ मंसिर, हेत। म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलबार राति जर्मन क्लब आरबी आईपेजिगसंग पराजित हुँदै युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
समूह एचको अन्तिम तथा निर्णायक खेलमा लाईपेजिगले युनाईटेडलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।
युनाईटेडलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुर्याउन समिकरण थियो । तर आले गुनर सोल्सायरको टिमले दोस्रो हाफको अन्तिममा दुई मिनेटभित्र दुई गोल गर्दै खेलमा फर्कने कोशिश गरेपनि टोलीको हार टार्न सकेन ।
घरेलु मैदानमा निकै आक्रमक देखिएको लाईपेजिगले ६९ मिनेटभित्र ३–० को अग्रता बनाएको थियो ।
युनाईटेडका ब्रुनो फर्नान्डेजले ८० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । त्यसको दुई मिनेटपछि ब्रुनोकै पासलमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडको आश जिवित बनाएका थिए । तर थप एक गोल नसकेपछि युनाईटेड प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु टोलीले सुरुवातमै एन्जिलोनीको गोलमा खेलमा अग्रता बनाएको थियो ।
१३ औं मिनेटमा अमदो हैदरले लाईपेजिगको अग्रता दोब्बर बनाउने काम गरे भने ६९ औं मिनेटमा जस्टिन क्लुइवर्टले लाईपेजिगका लागि तेस्रो गोल गरेका थिए ।
गत सिजन अन्तिम ४ सम्मै पुगेको लाईपेजिगले यस सिजन समेत अन्तिम १६ सम्मको यात्रा निश्चित गरेको छ ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







