मतदाता नामावली दर्ता तथा दाबी बिरोध कार्यक्रमको बारेमा जानकारी गराउदै जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेल
३१ असार,हेटौडा । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही साउन १ गते आइतबारबाट सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने भएको छ ।
निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मकवानपुरले पनि जिल्लामा बसोबास गरी मतदाता नामावालीमा नाम छुट भएकाहरुको लागि साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै निर्वाचन कार्यालयले मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा एक नगरपालिका र एक उपमहानगरपालिका क्षेत्रका मतदातान गर्न योग्य नयाँ मतदाताको नामावली संकलन गरिने बताएको हो ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले साउन १ गतेबाट १५ गते सम्म मतदाता नामावली संकलन गरिने १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दावी बिरोध गर्न सकिने व्यवस्था गरिकोे बताए ।
साथै पाडेलले यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन समेत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने र सम्बन्धित वडामा बसोबास गर्ने व्यक्तिको नागरिकता, विवाहिता महिलाका हकमा विवाह दर्ता एवं अन्य जिल्लाबाट बसाइँ सरी आएका व्यक्तिका परिवारले बसाइँसराइ दर्ताको प्रमाण ल्याएमा नयाँ मतदाता नामावलीमा नाम समावेश हुने बताए ।
राजनीतिकर्मी र सञ्चारकर्मीहरुसँग गरिएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी दुवाडी ,स्थानिय विकास अधिकारी नारायण मैनाली , नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल , माओबादी केन्द्र का मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नयाँ शक्ती पार्टी नेपाल मकवानपुरका सह–संयोजक जिवनमान मोक्तान, संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोले सहित विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो । सहभागी राजनीतिकर्मीले मतदाता अद्यावधिक गर्न १५ दिनको अवधि पर्याप्त नभएको बताएका थिए भने कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले मतदाता नामावली संकलन र दावी बिरोध गर्ने कार्यका बारेमा जानकारी गराएका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







