Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालले मलेसियालाई  ५ विकेटले हरायो

CAN-logo-1500367916.jpg

 

३ श्रावण, हेटौँडा । अण्डर १९ छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो छनोट खेलमा नेपालले मलेसियालाई  ५ विकेटले जितेको छ ।

 सिङ्गापुरमा भइरहेको छनोट खेलअन्तर्गत मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ओभर ५ बलमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य पाएको नेपालले  ९ ओभर ५ बलमा ५ विकेट खर्चीदै  उक्त लक्ष्य पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले ८ दशमलव ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर पुनः ५ विकेट लिएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रन बनाउँदै अल–आउट भएको थियो । ५९ लक्ष्यका साथ जवाफी ब्याटीङमा उक्तेको नेपालको बलिङको तुलनामा  ब्याटिङ भने केही कमजोर देखियो। 

नेपालका लागी सन्दिप सुनारले  ८ बलमा ६ रन बनाए भने  नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो ।  आदिल खान पनि ५ र दीपेन्द्र सिंह ऐरी पनि ४ रनमा बोल्ड भए । ४५ रनमा ४ विकेट गुमाएको नेपालका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वा्धिक ५ चौकाको मद्धतले २३ रन र प्रनित थापामगरले १८ रन बनाए । अनिल साह शुन्यमा आउट भए। रोहित कुमार पौडेल ४ रनमा अविजित रहे। उनले मोहम्मद आमिरको बललाई चौका प्रहार गर्दै नेपाललाई विजय दिलाए । नेपालविरुद्ध लेफ्ट आर्म अर्थोडक्स बलर हाफिजुद्धिनले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै ६१ रन बनायो ।  मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेकाले २४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो । पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार