Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यौनजन्य दुव्र्यवहार विरुद्ध हेटौँडा-२ स्थित फुर्केचौर बसपार्कमा कार्यक्रम

20201230_194239-1609336864.jpg

१५ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान कार्यक्रम अन्तर्गत आज हेटौँडा-२ संगमचोकमा रहेको फुर्केचौर,फापरवारी बसपार्कमा सचेतना  कार्यक्रम गरिएको छ । 

प्रहरी प्रधान कार्यालय नक्सालको कार्य योजना अन्तर्गत २०७७ सेफ्टी पिन क्याम्पेन अभियान अन्तर्गत जिप्रका मकवानपुरको आयोजना, सामुदायिक सेवा उप—केन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको समन्वयमा गत सोमबार हेटौंडा—१० बसपार्कबाट सुरू भएको अभियानको आज फुर्केचौर । फापरवारी बसपार्कमा सचेतना कार्यक्रम गरिएको हो । 

सामुदायिक सेवा उप—केन्द्रका अध्यक्ष प्रदिप कंडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा-२ का वडा सदस्य सुदिप राजवाहक, वडा प्रहरी कार्यालय हेटौँडा का प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरकी महिला सेलकी प्रहरी सहायक निरिक्षक  दिपा तामाङ, महिला अधिकारीकर्मी सर्मिला श्रेष्ठ, समाज सेवि श्याम कर्मचार्य, बासुलाल श्रेष्ठ, विकास बानियाँ, दिपेश खड्की, साना हातका स्टेशन म्यानेजर, डिकम्बर रुपाचा लगायतको उपस्थिती रहेको थियो । 

१५ दिनसम्म चल्ने अभियान सार्वजनिक स्थान र सार्वजनिक यातायातमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी अपराध बारे आम नागरिकहरुमा जनचेतना अभिवद्धि गराउने उदेश्यले गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला,बालबालिका सेलका प्रहरी निरीक्षक  राजकुमार सापकोटाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार