Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनका कारण संसद विघटनः नेतृ डिना

नेकपानिकट राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष देवनारायण लामिछाने कांग्रेसमा प्रवेश

134821180_289646060729446-1609633675.jpg

१८ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनको कारण नेपाली जनताले दिएको मतको अनादर भएको बताएकी छन् ।
मकवानपुर गढी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ नम्बर ईकाईको संयुक्त आयोजनामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रममा नेतृ डिनाले सत्तामा पुग्नका लागी बनाईएको अपवित्र गठबन्धनको भ¥याङ चढेर कम्युनिष्टहरुले ७० वर्षसम्मको जनताको कठोर संघर्षबाट प्राप्त संविधानमाथि कुठाराघात गर्दै संसद विघटन गरेर देशलाई दुर्घटना तर्फ लाने दुस्प्रयास गरेरको बताईन ।
नेतृ डिनाले कांग्रेसले सधैं जनता र राष्ट्रियताको पक्षमा लडिरहेको उल्लेख गर्दै तत्काल कम्युनिष्ट सरकारले संविधान बनाउन नसकेर पहिलो संविधानसभा विघटन गरेको र कांग्रेसको नेतृत्वले दोश्रो संविधानसभाबाट संविधान जारी गर्दै तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरी कम्युनिष्टलाई सत्तामा पठाउँदा पनि आन्तरिक कलह, कुर्सी मोह र भ्रष्टाचारमा लिप्त भएका शासकहरुले व्यक्तिगत लहडमा संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाईन ।
केपी ओली सरकार निकम्मा सरकार ठहरिसकेकाले अव आम जनताले ढोंगी कम्युनिष्टहरुलाई सडकमा पु¥याएर कांग्रेसको नेतृत्वमा पूनः सत्ता हस्तान्तरण गराई देशलाई यो संकटको भूमरीबाट उद्दार गर्न चाहेको बताउँदै उनले कम्युनिष्टको छलकपट, ढोंगी सपना र खोक्रा आश्वासनमा अव नपर्न आग्रह गरिन् ।
मकवानपुर गढी गाउँपालिका ३ नम्बर वडासभापति विजय थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपानिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल राष्ट्रिय कर्मचारी संगठनका मकवानपुरका अध्यक्ष देवनारायण लामिछानेसहित १ सय ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, नवप्रवेशी देवनारायण लामिछाने, गढी गाउँपालिकाका युवा नेता सानुकान्छा थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमूख राजिव सुवेदी, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु अर्जुनप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, सुशान्तकुमार श्रेष्ठ, राजकुमार वाईबा, प्रतिनिधिसभा १ का क्षेत्रीय सचिव सुवात सिं थिङ्ग, गढी ५ का वडा सभापति दीर्घ थापा, हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, गढी गाउँपालिका १ का वडाअध्यक्ष आईत सिं लो, २ का बखान सिं पाख्रिन, जिपि फाउन्डेसन मकवानपुरका अध्यक्ष नारायण लम्साल, सांस्कृतिक विभागकी पूर्व महामन्त्री सुष्मा कार्की, तरुण जिल्ला सचिव सचित थापा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण नेता राजेश भेटवाललगायत स्थानीय नेता, क्रियाशिल सदस्यहरु, भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दर र लोकगायिका प्रतिमा अर्यालले गित तथा प्रहसनबाट कार्यकर्ताहरुलाई मनोरञ्जन दिएका थिए ।

11-1609593292.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

थप समाचार