Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौघडामा रहेको वंशगोपाल माविको व्यवस्थापन समितिमा प्रतिनिधि चयन

20210106_072327-1609897364.jpg

२२ पुस,हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको वंशगोपाल माविको व्यवस्थापन समितिमा प्रतिनिधि चयन  भएको छ। प्रचलित शिक्षा ऐनले व्यवस्था गरे बमोजिम  प्राविधिक शिक्षालयले व्यवस्थापन समितिका सदस्यहरु चयन गरेको छ।मंगलबार भएको विद्यालयको १६ औँ अभिभावक भेलाले ४ जना विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरेको हो । 

चयन भएका  महिलातर्फ सदस्यमा अमुना सापकोटा, गायत्री घिमिरे र पुरुषतर्फ विजय गौतम र रामशरण दुलाल रहेका छन् । शिक्षा ऐनको नियमअनुसार व्यवस्थापन समितिका प्रतिनिधिहरु चयन गरिएको विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधि स्वतः सदस्य रहने व्यवस्था रहेको बताए।  त्यसैगरी २ जना सदस्य मनोनित गर्ने अधिकार पनि चयन भएका प्रतिनिधिहरुलाई रहेको र त्यही प्रतिनिधिहरु मध्येबाटै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुने प्रधानाध्यापक लामिछानेले बताए।त्यसैगरी भेलाबाटै प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु साधुराम चौलागाई, बालकृष्ण चौलागाई, धु्रब प्रसाद संजेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार