६ साउन ,हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जन निर्वाचीत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता एवं नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको प्रमूख आतिथ्यतामा विचार गोष्ठी भएको हो । प्रमूख अतिथि रेग्मीले क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी रहेको बताउँदै उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेको बताईन ।
कार्यक्रममा कार्यबाहक सभापति लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोईराला, जिल्ल सदस्यहरु ईन्दिरा न्यौपाने, मिलन परियार, काँग्रेस नेता भीमसेन महत, नेविसंघका अध्यक्ष राजु खतिवडाले वीपी कोईरालाको योगदानको बारेमा चर्चा गरेका थियो ।
कार्यक्रममा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, पार्टीका सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, सल्लाहकार दामोदर सुवेदी, जिल्ला सदस्यहरु सुनिल दाहाल, राजिव सुवेदी, कृष्णप्रसाद दाहाल, अमृता थापा मगर, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल सचिव सचित थापालगायत पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस ईकाई समिती द्वारा पनि बीपी कोईरालाको ३५ औं स्मृति दिवसको अवसरमा विचार गोष्ठी कार्यक्रम गरेको छ ।
मकवानपुर क्याम्पस ईकाई अध्यक्ष उमेशलाल स्याङतानको सभाध्यक्षता तथा नेपाल विद्यार्थी संघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र राउतको प्रमूख आतिथ्यतामा भएको गोष्ठीमा विशिष्ट अतिथि नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, जिल्ला सदस्यहरु कविता बर्तौला, सुभाष तिमल्सिना, सुभाष सापकोटा, केशव भारती, मिलन पुडासैनीलगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







