२६ पुस, काठमाडौं । पाकिस्तानको टी-२० फ्रेञ्चाइज लिग पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा नेपालका ९ क्रिकेटर परेका छन्। पिएसएलले शनिबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका ९ खेलाडी समावेस भएका हुन्।
यसअघि सन्दीप लामिछाने पिएसएलको सर्वाधिक महँगो श्रेणी प्लाटिनममा समावेश भएको सार्वजनिक भएको थियो। शनिबार थप ८ खेलाडी पनि पिएसएलको ड्राफ्टमा परेका छन्।
८ जना खेलाडी नै सिल्भर श्रेणी-विदेशीमा परेका छन्। जसमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पूर्वकप्तान पारस खड्कासहित अभिनास बोहरा, करण केसी, कुशल मल्ल, पवन सर्राफ र सुवास खकुरेल छन्।
सिल्भर श्रेणीको मूल्य २५ देखि ३५ हजार अमेरिकी डलर हुनेछ।
सन्दीप समावेश प्लाटिनम श्रेणीको भने १ लाख ४० हजार डलरदेखि २ लाख ८ हजार डलर मूल्य हुनेछ । पिएसएलको ड्राफ्ट आइतबार दिउँसो साढे चार बजेदेखि शुरु हुनेछ । लाहोरमा हुने ड्राफ्टमार्फत ६ टिमले खेलाडी भित्र्याउनेछन् ।
ड्राफ्टअघि सबै टिमले अधिकतम ८ खेलाडी रिटेन गरेका छन्। बाँकी खेलाडी ड्राफ्टबाट लिनु पर्नेछ। एक टिमले तीन जना खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउनेछ। यस्तै डाइमन्डबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई जना खेलाडी राख्न पाउनेछ।
यस सिजनको पिएसएल २० फेब्रुअरीदेखि शुरु हुँदैछ। पिएसएलमा कराची किंग्स, क्वेटा ग्लाडिएटर्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, पेरावर जल्मी र लाहोर क्वालन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । (सेतोपाटीबाट)
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







