२९ पुस, हेटौंडा । कराँतेका मन्देकाजी श्रेष्ठ र पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित कराँते हलमा मंगलबार सम्पन्न यसवर्षको अवार्डमा मन्देकाजी श्रेष्ठ र गौरिका सिंहलाई बर्षकै उत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरियो ।
गौरिकाले काठमाडौंमा सम्पन्न १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् भने पुरुषतर्फ वर्ष खेलाडी बनेका मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए ।
गौरिकाले कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायलथनकी सोनी गुरुङलाई पछि पारिन् । मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिने ।
यस्तै राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाइस अवार्ड जित्नस सफल भईन । नागरिकको भोट तथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतबाट अरुणाले अवार्ड जितेकी हुन् ।
यस विधामा अरुणाले पौडीकी गौरिका सिंह, कराँतेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारिन् । २७ वर्षिया अरुणाले ३७.५२५ मत प्राप्त गरिन् ।
गल्फर सुवास तामाङले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । सुवासले १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जितेका थिए । तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले उत्कृष्ट वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको प्रशिक्षणमा तेक्वान्दोबाट साग खेलेका २९ खेलाडीले पदक जितेका थिए ।
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत स्पेसल अवार्ड पाए । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तराष्ट्रिय अवार्ड जितेका थिए ।
नेपाली राष्ट्रिय महिला भलिबल टीमले टीम अफ दी इयर अवार्ड प्राप्त गर्न सफल रह्यो । महिला भलिबल टीमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड जितेको थियो ।
पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । सन् असीको दशकमा यी दुई पाका खेलाडीले सर्वकालिन गौरवको उपलब्धी हात पारे । सन् १९९१ को पाँचौ दक्षिण एसियाली खेलकुदमा प्राप्त दुई स्वर्ण यी दुईको नाममा रह्यो ।
पारा खेलाडी डिगम सिंह चेम्जोङले पारा एथलिट सम्मान प्राप्त गरेका छन् । मलेसियाका खेल पत्रकार अहमद खवारी इशाले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्राप्त गरे ।
वर्ष पुरुष, महिला प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







