२९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने असंवैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमा माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाको लागि जिल्ला प्रतिनिधि तोकेको छ । कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले यही माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।
त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।
त्यस्तै ईन्द्रशरोबर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सीराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
केपी ओलीको कम्युनिष्ट सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्धमा नेपाली कांग्रेसले यसअघि देशब्यापीरुपमा मंसिर २९ गते ब्यापक विरोध प्रदर्शन, पुस १३ गते १ सय ६५ नै संघिय निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा विरोध सभा गरेको थियो ।
कांग्रेसको विरोधसभा कार्यक्रम अन्तर्गत माघ ३ देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरु र माघ ८ गते ७ सय ५३ स्थानीय निकायको ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवं विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।
१२ माघ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ मा रहेको ज्योति प्राविका ३५ जना विपन्न विद्यार्थीलाई...
१२ माघ, हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा...
११ माघ, हेटौंडा । बागमती गाउँपालिका ५ नम्बर वडास्तरीय फुटबल प्रतियोगितामा एफसी ज्यामिरे ‘बि’ विजयी भएको छ...
११ माघ, हेटौंडा । नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य देवकी गौतमले नेकपाले जनतालाई आश्वासनमात्रै बाँडेर काम...
११ माघ, हेटौंडा । प्रधानमन्त्री समेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा प्रचण्ड–माधव...
११ माघ,हेटौँडा । मकवानपुर प्रहरीले आज पनि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।सर्वोच्च अदालतले २०७३ जेठ २६ गते...
११ माघ, हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ’सपनाका अवयव’ माथि...
११ माघ,हेटौँडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।दुघर्टनामा अर्का एक...
२७ पुस, हेटौंडा । हेटौंडा-५ क्याम्पडाँडामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएपछि स्थानीयले टिपरमा आगजनी गरेका...
२७ पुस हेटौँडा । सडक दुर्घटनापछि अवरुद्ध बनेको कान्तिलोकपथ करिब ५ घण्टापछि खुलेको छ। सोमबार साँझ कान्तिलोकपथ...
२७ पुस,हेटौँडा । सोमबार साँझ हेटौँडा-५ क्याम्पाडाडाँमा भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भएका व्यक्ति भरतपुर...
३ माघ, हेटौँडा । पुस २७ गते सोमबार साँझ कान्तिलोकपथ अन्तर्गत हेटौँडा-५ क्याम्पाडाँडामा भएको सडक दुर्घटनामा परी...
५ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ...
१ माघ, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले अवैध रूपमा ट्रयाक्टरमा ल्याइरहेको काठसहित ३ जनालाई...
११ माघ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरापलिका वडा नम्बर ११ सरस्वती खोल नजिक बस र...
२८ पुस,हेटौँडा । पुस २३ गते हेटौँडा-७ न्युरेनिमा पार्किङ गरेर घर आगाडि राखेको अवस्थामा चोरी भएको ना ६ त १९०४...