२ माघ, हेटौंडा । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा तेस्रो थारु माघी महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ ।
सांस्कृतिक कार्यक्रमका साथमा थारुको जातिय पहिचान झल्कने विभिन्न खानका परिकारहरुको स्टल समेत राखिएको थियो ।
महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
महोत्सवमा थारु भाषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।
उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ्ग घेदुङ वागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालय हेटौंडाका प्रमुख रामशरण चौधरीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय उपाध्यक्ष अमिता चौधरी, नेपाल आदिवासी जनजाती महासंघ हेटौंडाका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल कुमाल समाज सेवा सुधार समिति मकवानपुरका अध्यक्ष भैरवबहादुर कुमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







