९ साउन ,काठमाडौँ । नेपाल पत्रकार महासंघले महाधिवेशनको पूर्वसन्ध्यामा ‘महाधिवेन सार्ने प्रपञ्च रचिएको र बिभिन्न गतिविधि गरेको भन्दै नेपाल प्रेस युनियनले गम्भीर आपत्ती जनाएको छ ।
युनियनका महासचिब अजयबाबु शिवाकोटीले सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले हालसम्मका सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा नेतृत्व अझै पनि ‘महासंघ कब्जा’को मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाएका छन् ।
महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका गतिविधिहरुले महासंघ ‘कब्जाको मानसिकता’मा उन्मुख भएकोप्रति युनियनले आपत्ती जनाएको हो । महाधिवेशन सार्ने तयारी भएकोप्रति युनियनले आक्रोश ब्यक्त गरेको छ ।
विज्ञप्तीमा मार्फत केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै पार्सद बढाउने कार्यप्रति युनियनको ध्यानाकर्षण भएको जनाइएको छ ।
नेपाल प्रेस युनियनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ
मिति २०७४।४।९
प्रेस विज्ञप्ती
नेपाल पत्रकार महासंघ आफ्नो महाधिवेशनको सम्मुखमा छ। महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका तयारीहरुलाई हामीहरुले नजिकबाट नियालिरहेका छौ। सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा महासंघ नेतृत्व अझै पनि महासंघ कब्जाको मानसिकताबाट माथि उठ्न नसकेको उसका गतिविधिले देखाएको छ।
महासंघ नेतृत्व आफ्नो केन्द्रीय समितिलाई समेत छल्दै अझै पनि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, पार्सद बढाउने काममा लागेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य अहिले तीव्र गतीमा भइरहेको छ। काठमाडौं शाखामा मनलाग्दो ढंगले सभासद चयन गर्ने काम भएको छ भने मापदण्ड पुगेकालाई सभासद बन्नबाट वञ्चित गरिएको छ। ललितपुरमा समेत सभासद थपिएका छन् । यी सबै गतिविधी गरि विवाद निम्त्याएर महासंघ नेतृत्वले आफ्नो कार्यकाल बढाउने प्रपञ्च गरेको हाम्रो आशंका छ।
कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको अहिलेसम्म हल निकाल्ने प्रयास भएको छैन। विभिन्न जिल्ला शाखामा संस्थागत रुपमा साथीहरुलाई निषेध गरिएको छ। इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राख्ने षडयन्त्र भएको छ। त्यहाँ क्रियाशिल पत्रकार साथीहरुले समानान्तर कार्यमसिति गठन गर्नुभएको छ। तर महासंघले ति समस्या समाधानमा ध्यान नदिइ वर्दिया, अछाममा प्रायोजित विवाद निकाल्ने काम भएको छ।
महासंघ नेतृत्वको पछिल्ला यि गतिविधीले समयमै महाधिशवेन गर्ने कुरामा गम्भिर प्रश्न समेत खडा गरेको छ। पटकपटक सार्दै भदौ ४ र ५ मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सार्नेगरि भइरहेको प्रपञ्चको हामी भण्डाफोर गर्दछौ। साथै तोकिएको मितिमा महाधिवेशन गर्ने वातावरण निर्माणको लागि महासंघ नेतृत्वलाई सचेततापूर्वक ध्यानाकर्षण गराउँछौ।
जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















