Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघको कार्यप्रती  प्रेस युनियनको आपत्ती

Nepal-Press-Union-1500880199.jpg

९ साउन ,काठमाडौँ । नेपाल पत्रकार महासंघले महाधिवेशनको पूर्वसन्ध्यामा ‘महाधिवेन सार्ने प्रपञ्च रचिएको र बिभिन्न  गतिविधि गरेको भन्दै नेपाल प्रेस युनियनले गम्भीर आपत्ती जनाएको छ ।  

युनियनका महासचिब अजयबाबु शिवाकोटीले सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले हालसम्मका सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा नेतृत्व अझै पनि ‘महासंघ कब्जा’को मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाएका छन् ।
महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका गतिविधिहरुले महासंघ ‘कब्जाको मानसिकता’मा उन्मुख भएकोप्रति युनियनले आपत्ती जनाएको हो । महाधिवेशन सार्ने तयारी भएकोप्रति युनियनले आक्रोश ब्यक्त गरेको छ ।
विज्ञप्तीमा मार्फत  केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै पार्सद बढाउने कार्यप्रति युनियनको ध्यानाकर्षण भएको जनाइएको छ ।

 नेपाल प्रेस युनियनले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ

मिति २०७४।४।९
प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ आफ्नो महाधिवेशनको सम्मुखमा छ। महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका तयारीहरुलाई हामीहरुले नजिकबाट नियालिरहेका छौ। सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा महासंघ नेतृत्व अझै पनि महासंघ कब्जाको मानसिकताबाट माथि उठ्न नसकेको उसका गतिविधिले देखाएको छ।

महासंघ नेतृत्व आफ्नो केन्द्रीय समितिलाई समेत छल्दै अझै पनि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, पार्सद बढाउने काममा लागेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य अहिले तीव्र गतीमा भइरहेको छ। काठमाडौं शाखामा मनलाग्दो ढंगले सभासद चयन गर्ने काम भएको छ भने मापदण्ड पुगेकालाई सभासद बन्नबाट वञ्चित गरिएको छ। ललितपुरमा समेत सभासद थपिएका छन् । यी सबै गतिविधी गरि विवाद निम्त्याएर महासंघ नेतृत्वले आफ्नो कार्यकाल बढाउने प्रपञ्च गरेको हाम्रो आशंका छ।

कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको अहिलेसम्म हल निकाल्ने प्रयास भएको छैन। विभिन्न जिल्ला शाखामा संस्थागत रुपमा साथीहरुलाई निषेध गरिएको छ। इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राख्ने षडयन्त्र भएको छ। त्यहाँ क्रियाशिल पत्रकार साथीहरुले समानान्तर कार्यमसिति गठन गर्नुभएको छ। तर महासंघले ति समस्या समाधानमा ध्यान नदिइ वर्दिया, अछाममा प्रायोजित विवाद निकाल्ने काम भएको छ।

महासंघ नेतृत्वको पछिल्ला यि गतिविधीले समयमै महाधिशवेन गर्ने कुरामा गम्भिर प्रश्न समेत खडा गरेको छ। पटकपटक सार्दै भदौ ४ र ५ मा गर्ने भनिएको महाधिवेशन फेरि पनि सार्नेगरि भइरहेको प्रपञ्चको हामी भण्डाफोर गर्दछौ। साथै तोकिएको मितिमा महाधिवेशन गर्ने वातावरण निर्माणको लागि महासंघ नेतृत्वलाई सचेततापूर्वक ध्यानाकर्षण गराउँछौ।

जय नेपाल।

अजयबाबु शिवाकोटी
महासचिव


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार