३ माघ, हेटौंडा । बिनोद भण्डारीको शतकमा विभागीय टिम आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा शानदार सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।
२ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी १२ बल छँदै १ सय ८९ रनमा अलआउट भयो । समिर कँडेलले अर्धशतकिय इनिङ्समा बिपिन खत्री ३७ रनमा अविजित रहे । अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन बनाए । बिष्णु पाण्डेले १२ रन बनाए ।
आर्मीका राजेश पुलामीले ५ विकेट लिएपछि गण्डकीको इनिङ्स धरासायी बनेको हो । यस्तै, भिम सार्कीले ३ तथा आकाश चन्द र रोहित पौडेलले १ विकेट लिए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु उच्च लक्ष्य प्रस्तुत गरेको थियो । बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।
यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए ।
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







