Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रजिअ रिजाल र प्रहरी उपरिक्षक राठौरलाई स्वागत

140242055_234587884813517-1610883547.jpg

४ माघ, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर लाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रमको अवसर पारेर सार्वजनिक यातायातमा महिला यात्रु माथी हुने यौनजन्य हिंसा न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया समेत गरिएको छ ।
सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले स्वागत र सम्मान कार्यक्रमले थप जिम्मेबार बन्ने दायीत्व थपेको बताए । 
उनले लामो समयसम्म एकैठाउँमा बसेर काम गर्न पाउँने वातावरण नहुँदा कहिलेकाँही जनभावना अनुसार काम गर्न नपाईने भन्दै जिल्लामा रहुँन्जेल आफुले गरेको काममा जनगुनासो आउँन नदिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रमा बोल्दै प्रहरी उपरिक्षक राठौरले सामुदायिक प्रहरी सेवा केन्द्र  र समुदायसँग हातेमालो गरेर अगाडी बढन प्रतिबद्ध रहेको बताए । उनले समाजमा हुने आपराधिक गतिविधि प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे । 
उक्त अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्टले सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिको जानकारी गराउदै आवश्यक परेको खण्डमा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लाई चौबिसै घण्टा सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा हेटौडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भंडारी, इलाका प्रहरी कार्यालय पशुपीनगरका प्रहरी निरीक्षक देवराज काफ्ले, हेटौडा ९ वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार