Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा कमलेश्वर मन्दिरको अनावरण

Mandhir-Anawaran-1500982100.jpg

भीमसेन पौडेल
१० साउन, हेटौँडा ।
हेटौडा–१७ बारुतेमा निर्माण गरिएको कमलेश्वर महादेव मन्दिरको मंगलवार अनावरण गरिएको छ । मन्दिरको पूर्व गृहराज्य मन्त्री एवम मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँले अनावरण गरेका हुन् ।
कार्यक्रममा सांसद बानियाँले धार्मिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताए  । नेपालको संविधानले सबै धर्मप्रति सम्मान गरेको बताउँदै बानियाँले धर्मकै माध्यमबाट देशमा एकता कायम भएको बताए ।
समितिका कोषाध्यक्ष भवनाथ गौतमले सबैको सहयोगबाट मन्दिर ४ लाख ५५ हजार ४ सय ४९ रुपैयाँमा निर्माण भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अनावरण कार्यक्रममा हेटौडा १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाले १० हजार १०, हेटौडा १७ का शिव सुर्खेतीले १० हजार १ सय ११, धु्रवप्रसाद दुलालले ५ हजार २५,हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईले ५ हजार ५ रुपैयाँ, १७ नम्बरका वडाध्यक्ष भैरवबहादुर राईले २ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्नु भएको थियो ।
यसैगरी हेटौडा ६ का वडा सदस्यहरु रामहरी राईले ३ हजार ५, राजकुमार बास्तोलाले २ हजार ५ सय ५, कल्पना विश्वकर्माले २ हजार ५ सय ५, गढी ३ का अर्जुनप्रसाद दाहालले १ हजार ५ सय १०, हेटौडा १७ का टीकाप्रसाद तिमल्सिनाले १ हजार ५१, विश्व भट्टले १ हजार १०, हेटौडा–६ की मन्दिरा घिमिरेले १ हजार १०, हेटौडा १७ का बुद्धिबहादुर कार्कीले १ हजार सहयोग गरेका थिए । 
मन्दिर निर्माण समितिका अध्यक्ष चेतनाथ चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई,१६ का वडाध्यक्ष रामकृष्ण कोईराला, १७ नं. वडाध्यक्ष भैरबबहादुर राई, हेटौडा उपमहानगरपालिका नगर सदस्य एवम ६ नं वडा सदस्य कल्पना विश्वकर्मा, मकवानपुर उद्योग बाणिज्य संघका सदस्य रविन्द्र घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, मन्दिर अनुगमन समितिका संयोजक विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार