Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँद्वारा कमलेश्वर मन्दिरको अनावरण

Mandhir-Anawaran-1500982100.jpg

भीमसेन पौडेल
१० साउन, हेटौँडा ।
हेटौडा–१७ बारुतेमा निर्माण गरिएको कमलेश्वर महादेव मन्दिरको मंगलवार अनावरण गरिएको छ । मन्दिरको पूर्व गृहराज्य मन्त्री एवम मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँले अनावरण गरेका हुन् ।
कार्यक्रममा सांसद बानियाँले धार्मिक कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने बताए  । नेपालको संविधानले सबै धर्मप्रति सम्मान गरेको बताउँदै बानियाँले धर्मकै माध्यमबाट देशमा एकता कायम भएको बताए ।
समितिका कोषाध्यक्ष भवनाथ गौतमले सबैको सहयोगबाट मन्दिर ४ लाख ५५ हजार ४ सय ४९ रुपैयाँमा निर्माण भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अनावरण कार्यक्रममा हेटौडा १६ का वडाध्यक्ष रामकृष्ण कोईरालाले १० हजार १०, हेटौडा १७ का शिव सुर्खेतीले १० हजार १ सय ११, धु्रवप्रसाद दुलालले ५ हजार २५,हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईले ५ हजार ५ रुपैयाँ, १७ नम्बरका वडाध्यक्ष भैरवबहादुर राईले २ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्नु भएको थियो ।
यसैगरी हेटौडा ६ का वडा सदस्यहरु रामहरी राईले ३ हजार ५, राजकुमार बास्तोलाले २ हजार ५ सय ५, कल्पना विश्वकर्माले २ हजार ५ सय ५, गढी ३ का अर्जुनप्रसाद दाहालले १ हजार ५ सय १०, हेटौडा १७ का टीकाप्रसाद तिमल्सिनाले १ हजार ५१, विश्व भट्टले १ हजार १०, हेटौडा–६ की मन्दिरा घिमिरेले १ हजार १०, हेटौडा १७ का बुद्धिबहादुर कार्कीले १ हजार सहयोग गरेका थिए । 
मन्दिर निर्माण समितिका अध्यक्ष चेतनाथ चौलागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई,१६ का वडाध्यक्ष रामकृष्ण कोईराला, १७ नं. वडाध्यक्ष भैरबबहादुर राई, हेटौडा उपमहानगरपालिका नगर सदस्य एवम ६ नं वडा सदस्य कल्पना विश्वकर्मा, मकवानपुर उद्योग बाणिज्य संघका सदस्य रविन्द्र घिमिरे, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, मन्दिर अनुगमन समितिका संयोजक विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार