Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मन्त्रीको नाम टुंगियो

केन्द्रीय सदस्य उपाध्यायको सम्भावना कति ?

nepali-congress-flag-1501003095.jpg

१० साउन, काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्नेहरूको नाम टुंगो लागेको छ । नाम टुंगिएसंगै अब मन्त्रीपरिषद विस्तार हुने भएको छ । स्रोतहरूका अनुसार बुधबार मन्त्रीपरिषद विस्तार हुनेछ ।

पार्टीबाट मन्त्री बनाउने नाममा सभापति एवम् प्रधानमन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागबण्डा मिलेको छ । कांग्रेसले पाउने १३ मध्ये बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट १/१ जना मन्त्री बन्नेछन् । 

अनलाइन न्यूज पोर्टल पहिलो पोष्टका अनुसार पौडेलले बुझाएका नाममा केन्द्रीय सदस्य रामकृष्ण यादव तथा सांसदहरु यज्ञबहादुर थापा, संजय गौतम र राजन केसी छन् । पौडेलले बुझाएका नाम मध्ये सांसद् गौतम बर्दियाका सभापति, थापा कास्कीका पूर्वसभापति हुन् भने सांसद् केसी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काठमाडौं १० बाट हराएर निर्वाचित सांसद् हुन् ।

पहिलो चरणमा नाम बुझाइएका बलबहादुर केसी भने पौडेलको सिफारिसमा यो पटक परेका छैनन् । यस्तै पौडेल पक्षबाट मन्त्रीका लागि चर्चामा रहेका सरिता प्रसाईँ र कमला पन्तको नाम सिफारिस नभएसँगै पौडेल पक्षबाट महिला मन्त्री नहुने भएका हुन् । 

त्यस्तै, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट चार मन्त्री थपिने भएका छन् । देउवाले बनाउन लागेका मन्त्रीहरुमा मीनबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत छन् । देउवाले आफ्नो पक्षबाट थप्न लागेका सबै मन्त्री केन्द्रीय सदस्य हुन् । महिला संघकी पूर्वअध्यक्ष समेत रहेकी अम्विका कांग्रेसबाट मन्त्री हुनेमा एक्ली महिला हुने भएकी छन् । देउवा पक्षबाट यस अघि चर्चामा रहेका सांसद भरतकुमार शाहको नाम भने परेन । 

सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ । कांग्रेसका यस अघिका तीन मन्त्री उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर देउवा समूहका हुन् ।

डिना को सम्भावना कति ?

मन्त्रीपरिषद विस्तारमा यसपटक केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको नाम चर्चामा रहेको थियो । तर पछिल्लो समय उनको नाम अोझेलमा परेको छ । महिला नेतृहरूमध्ये देउवा खेमाकै प्रभावशाली भएकाले उनी मन्त्री बन्ने करिव निश्चित रहेको मकवानपुरमा चर्चा थियो । केन्द्रमा पनि उनको नाम अघि न‌ थियो ।

तर महिला संघकी पूर्व केन्द्रीय सदस्य अम्विका बस्नेतको नाम देउवा टिममा परेपछि उनको सम्भावना कम भएको एक नेताले बताए । एक पटक राज्यमन्त्री भईसकेकाले उनलाई मन्त्री बनाउनु पर्ने दवावका कारण समस्या परेको जनाइएको छ । 'तर अन्तिम निर्णय भै नसकेकाले उनलाई मन्त्री बनाउने प्रयास जारी रहेको छ ।'-एक नेताले भने ।

चर्चामा रहेका सरिता प्रसाईँ, कमला पन्त, अम्विका बस्नेत र महालक्ष्मी डिना उपाध्यायमध्ये बस्नेतको नाम करिव पक्का भएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार