Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

खेलकुद

प्रधानमन्त्री राष्ट्रिय क्रिकेटः पुलिसको पहिलो जित

111-1611129313.jpg

७ माघ, हेटौंडा  राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए  । अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४÷४ विकेट लिए ।
जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ । समूह ’बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । 
सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पहिलो खेलमा बागमतीसँग पराजित भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
Health-Adv2-1529145952-1581696162.jpg
बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)
A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा...

युवक बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
Arrested1-1614498533.jpg

१६ फागुन, काठमाडौ । युवकलाई बन्धक बनाएर १० लाख फिरौती तीन जना पक्राउ मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

मकवानपुरे बक्सिङ खेलाडी काठमाडौँ प्रस्थान
Screenshot_20210228-13255-1614498167.jpg

१६ फागुन,हेटौंडा ।  मकवानपुरे बक्सिङ खेलाडी काठमाडौं प्रस्थान गरेका छन् ।वीर गणेशमान सिंह स्मृति बागमति...

‘पिडुँला देखाएर सांसद भएको’ भन्ने अभिव्यक्तिप्रति कोमलको आपत्ति
Komal-1614497814.jpg

१६ फागुन, काठमाडौं । नेकपाका नेता रघुजी पन्तले आफ्नो बारेमा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभा सदस्य कोमल...

आइतबार सुनको मूल्य घट्यो
Gold11-1614496478.jpg

१६ फागुन, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । सुन आइतबार तोलामा ५ सय रुपैंयाले...

८ स्रष्टालाई सम्मान गर्दै सकियो बकैया साहित्य महोत्सव
Bakaiya-1614485218.jpg

१६ फागुन,हेटौंडा । ८ जना स्रष्टाहरुलाई सम्मान गर्दै झरना साहित्यिक परिवारको आयोजनामा भएको दोश्रो बकैया साहित्य...

राजकुमार न्यौपाने ओली समुहमा प्रवेश
FB_IMG_1614471713784-1614484105.jpg

१६ फागुन,हेटौंडा। मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजकुमार...

ओली आज गृहजिल्ला जाँदै
Screenshot_20200710-21201-1614482242.jpg

१६ फागुन,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन।  झापाको दमक नगरपालिका,कमल...

तनहुँमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु,सवार घाइते
20200925_141948-1614478897.jpg

१६ फागुन,व्यास।दमौलीको व्यास नगरपालिका वडा नम्बर -२ मा  शनिबार भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान...

थप समाचार