Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

देउवा मन्त्रीपरिषदमा १९ मन्त्री थपिए

sapath-1501073428.jpg

११ साउन, काठमाडौं । आफु निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवा मन्त्रीपरिषदमा आज १९ जना सदस्य थप गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार शितल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुमध्ये नेपाल कांग्रेसबाट भीमसेनदास प्रधान रक्षा, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, यज्ञबहादुर थापा  कानुन, मीन विश्वकर्मा वाणिज्य, मोहन बस्नेत सूचना तथा सञ्चार, सञ्जय गौतम सिँचाई, रामकृष्ण यादव कृषि, राजन केसी युवा तथा खेलकुद, अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण र महेन्द्र यादवलाई खानेपानी तथा सरसफाई मन्त्रीको जिम्मेवारी दिईएको छ ।
यसैगरी, माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य, महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, सन्तकुमार थारु चौधरी  पशुपन्छी विकास र आशा खनाल कोइरालालाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिईएको छ ।
नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार मन्त्री भएका छन् । नेकपा संयुक्तबाट मिथिला चौधरी जनसंख्या तथा वातावरण भएका छन् । देउवाले यसअघि कांग्रेसबाट गोपालमान श्रेष्ठ, माओवादीबाट कृष्णबहादुर महरा र फोरमबाट विजयकुमार गच्छदार उपप्रधानमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

तस्विर साभार: इकान्तिपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg