Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशसभाः संसद चलाउन दल सहमत, सभामुखको आनाकानी

Baithak-1611224179.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशसभाको प्रदेशसभा बैठक संचालनका लागि प्रदेशसभामा रहेका सबै दल सहमत भएपनि सभामुख सानुकुमार श्रेष्ठले आनाकानी गरेका छन् । बैठक संचालनका लागि साढे ४ घण्टा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रदेशसभा संचालनका लागि सहमत भएपनि सभामुख श्रेष्ठले आनाकानी गरेका हुन् । 
‘संसदमा रहेका सबै दलका सदस्यहरुले शुक्रबार ११ बजे बैठक संचालन हुनुपर्ने पक्षमा मत राखेका थिए’–नेपाली कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भने–‘तर सभामुखले थप छलफल गर्नुपर्ने भने पछि बैठक कहिले संचालन हुने अनिश्चित भएको छ ।’ कांग्रेसले शुक्रबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरी पर्याप्त छलफलका लागि समय तोक्दा उपयुक्त  हुने धारणा राखेको र अन्य दलले समेत सहमति जनाएको लामाको भनाई छ । तर सभामुख श्रेष्ठले छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन असहमत भएका थिए । शुक्रबारको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता टेबुल हुने भएकाले सभामुख श्रेष्ठले यसलाई पर धकेल्न खोजेको बैठकमा सहभागीहरुको अनुमान छ । 
अविश्वासको प्रस्तावका प्रस्तावक नेकपाका सांसद शालिकराम जम्कट्टेलले मूख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुँयाललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको चर्को आलोचना गरेका थिए । उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाएका थिए ।
यसअघि, अविश्वासको प्रस्ताव सम्बन्धी कार्यविधि समस्यौदा समितिको बैठकले कार्यविधिलाई टुंगो लगाएको संयोजक छिरिङदोर्जे लामाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार