Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशमा अनियमित ढंगले १२ करोडको सामान खरिद, लेखाद्वारा कारवाहीको सिफारिस

Lekha1-1611299503.jpg

९ माघ, हेटौंडा । बागमती प्रदेशमा अनियमित ढंगले १२ करोड रुपैंयाको सामान खरिद भएको भन्दै कारवाहीको सिफारिस गरिएको छ ।
महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७५ ले औल्याएका खरिद अनियमिततामाथि छानविन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले खरिद अध्ययन तथा अनुगमन उपसमिति गठन गरेको थियो । उपसमितिले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठलाई बुझाएको हो । 
प्रतिवेदनमा सार्वजनिक खरिद ऐनलाई अवलम्बन नगरी सोझै १२ करोड रुपैंयाका गाडि, मेसिनरी सामान, फर्निचर र मसलन्द खरिद गरेको उल्लेख छ । प्रतिवेदनमा सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले गाडि खरिद गर्दा सार्वजनिक खरिद ऐनको प्रक्रिया मिचेर अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरुलाई कानूनी कारवाही गर्न सिफारिस गर्न उपसमितिले लेखासमितिलाई प्रतिवेदन बुझाएको संयोजक प्रभात तामाङले जानकारी थिए । उपसमितिमा संयोजक प्रभात तामाङ र सदस्यहरुमा रमेश पौड्याल, मुनु सिग्देल, ओम ग्लान र रिता माझी रहेका थिए । 
उपसमितिले कोरोना संक्रमणका कारण अध्ययनमा समय लागेकाले गठन भएको करिब १० महिना पछि प्रतिवेदन बुझाएको छ । प्राप्त प्रतिवेदनलाई आगामी बैठकबाट अनुमोदन गरिने सभापति श्रेष्ठले जानकारी दिए । उपसमितिले औल्याएका अनियमिततामा संलग्नलाई कारवाही र आगामी दिनमा यस्ता गतिविधि नहुनेतर्फ सचेत रहन सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

थप समाचार