Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेश:मुख्यमन्त्री पौडेललाई हटाइ अष्टलक्ष्मीलाई बनाउन प्रस्ताव

20210122_141228-1611304238.jpg

९ माघ,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई  मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। 

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुलका क्रममा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको हो। 

प्रदेशसभाको शुक्रबारको बैठकमा संसदमा अविश्वासको प्रस्ताव टेबुल गर्न पहिलो हस्ताक्षरकर्ता दाहाल–नेपाल समूहका सांसद अरूण नेपालले  अविश्वासको प्रस्ताव टेबुल गरेका हुन् ।

उनले समृद्धिका लागि गठन भएको प्रदेश सरकारको काम हेर्दा शिर निहुराउनुपर्ने अवस्था आएको बताए । उनले आफुले मन्त्री हुँदा गर्न खोजेका कामबारे फेहरिस्त सुनाउँदै नीति कार्यक्रम र बजेटमा समावेश गरेको भन्दै आक्रोश पोखे।उनले संघीयतामाथि दिनदाहडै आक्रमण गर्ने काम भएको बताए।प्रधानमन्त्री केपिशर्मा ओलीले प्रदेश संघको इकाई भनेर अपमान गरेको उनको भनाइ थियो । 

आफुहरूले यस्तो अवस्थाबाट मुक्त हुनुपर्ने मान्यताका आधारमा अष्टलक्ष्मी शाक्यलाई संसद दलको नेता चयन गरेको उनले बताए ।उनले डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले जनताको सर्वोपरी हितमा अपेक्षाकृत ढंगले काम नगरेकाले अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।प्रदेशसभाको बैठक माघ १९ गते २ बजे बस्नेगरी स्थगित भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

थप समाचार