९ माघ,हेटौँडा । मकवानपुर प्रहरीको नेतृत्व समालेको एक साता नबित्दै मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले अदालतले फैसला गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न सकृयता देखाएका छन्।
आज मात्रै मकवानपुर प्रहरीले जिल्ला अदालत मकवानपुरले बिभिन्न मुद्दामा दोषि ठहर गर्दै सजायँ सुनाइ फरार भएका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको २०७२ माघ २८ गतेको फैसलाले लागु औषध मुद्दामा ६ बर्ष कैद र १० हजार जरिवाना तोकी फरार रहेका हेटौँडा १५ का ३३ बर्षीय राजकुमार वाईवा,त्यसैैगरी २०७५ मंसिर १६ गतेको फैसलाले बहुबिवाह मुद्दामा १ बर्ष कैद र ५ हजार जरीवाना तोकी फरार रहेका हेटौँडा १५ का ३३ बर्षीय हरि गोङ्वा र जिल्ला अदालत मकवानपुरले २०७५ असार १२ गते लागुऔषध गाँजामुद्दामा १ महिना ६ दिन कैद र २ हजार जरीवाना तोकी फरार रहेका हेटौँडा १४ का २६ बर्षीय विजय रुम्बालाई पक्राउ गरेको हो।
वाइवा,गोङवा र रुमाबालाई क्रमश हेटौँडा -१५ शिखरपानिबाट, हेटौँडा-१५ फारलाईनबाट र हेटौँडा १४ कालापानीबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरले बताएका छन्।
पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई कैद जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुर पठाइएको जनाइएको छ।मकवानपुरले केही दिन अघि पनि अदालतले सजायँ तोकी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजाय भुक्तानीका लागि अदालत पठाएको थियो।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













