Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चुच्चेखोलामा रहेको कामधेनु सहकारीको साधरणसभा सम्पन्न

20210123114743_IMG_8679-1611389701.JPG

१० माघ,हेटौँडा । हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी  संस्थाले आफ्नो २२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माघ ८ गतेबाट सुरु भएको साधारण सभा  शनिबार (आज) समापन भएको हो।  

संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौँडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला,हेटौँडा-१७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक सदस्य हिमाल पौडेल,सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल,टोल विकास संस्था वडा समन्वय समिति  हेटौँडा-६ का अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका सदस्य शिव गौतम,श्रीमदभागवत ज्ञान संचार वृद्धाआश्रम हेटौँडा-१७ का अध्यक्ष हरि प्रसाद सन्जेल  नौलो विहानी सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा,सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो। 

समापन कार्यक्रममा सहकारीका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवेदन त्यसैगरी सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत  प्रतिवेदन,ॠण उप समिति संयोजक उदय प्रकाश दहाल ॠण उपसमितिको प्रतिवेदन  र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कोभिड-१९ को जोखिम कायम रहेकोले  बिहिबार बाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन  गरिएको सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।साथै आजको २२ औँ बार्षिक साधारण सभा मार्फत नयाँ नेतृत्व चयन हुने पौडेलले बताएका छन्।२०५५ सालमा स्थापना भएको सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार