Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पीएम कप क्रिकेट: आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

20210125_092213-1611545759.jpg

सांकेतिक तस्विर

१२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।
समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफले र आर्मीले समूह चरणमा गण्डकी, कर्णाली र प्रदेश १ लाई पराजित गरेको थियो ।
यस समूहको विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासंग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसंग खेल्नेछ ।
यस्तै समूह बी बाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । त्यसैले पुलिस र प्रदेश २ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
प्रदेश २ लाई पराजित गरेमा साविक विजेता समेत रहेको नेपाल पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै बागमतिसंग पराजित भएको पुलिसले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको छ ।
४ वटै खेल खेलिसकेको लुम्बिनी प्रदेश ५ अंकसहित समूह बी मा दोस्रो स्थानमा छ । यदी प्रदेश २ ले पुलिसविरुद्ध अप्रत्यासित नतिजा निकालेमा भने लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ । (अनलाइनखबरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार