Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आजदेखि एकमहिने स्वस्थानी व्रत शुरू

Sosthani-Brata-aarbmbha-1-1611795366.jpg

१५ माघ, हेटौंडा । प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आज बिहिबारदेखि सुरु भएको छ ।
मनोकांक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ ।
बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार र अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाकांक्षा पूरा भएको कुरा स्वस्थानी कथासँग जोडिएका कारण यसको महत्व रहँदै आएको छ ।
मनोकाकांक्षा पूरा हुने प्राचीन जनविश्वासले नै सर्वसाधारणको स्वास्थानी व्रतप्रतिको आकर्षण भएको पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले बताए ।
स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो ।
पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।
यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत आरम्भ गरिने र एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा(आराधना गरिने प्रचलन छ ।
व्रतालुहरूले पूजा–आराधनापछि स्वस्थानीको माहात्म्य वाचन र श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि शारीरिक एवम् मानसिक रूपमा शुद्ध बनी मध्याहृनकालमा एकपटक मात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आ(आफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवम् श्रवण गर्दछन् ।
पौष शुक्ल पूणिर्मामा सुरु हुने व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूणिर्माको दिन समापन गरिने र उक्त दिन सम्पर्र्ण पूजा सामग्रीसहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तुहरू १०८ को संख्यामा हुने गर्दछ ।
समापनका क्रममा अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवम् मौसम अनुसारका फलफूल सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ । पूजा सम्पन्न भएपछि जुन कामनाले व्रत गरिएको हो त्यो पूरा होस् भन्दै अर्घ दिई व्रतको समापन गरिन्छ ।
स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल विशेषगरी काठमाडौँभित्रै रहेका छन् । कथाका विभिन्न प्रसङ्गमा आएका गुहृयेश्वरी, गोकर्ण श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, बागमती नदी, शाली नदीजस्ता क्षेत्र यहीँ पर्ने हुनाले पनि नेपाली समाजमा यसले बढी महत्व राखेको छ ।
राजधानीदेखि १७ किलोमिटर उत्तर पूर्वमा रहेको प्राचीन नगर शंकरापुर (साँखु)मा रहेको शाली नदी किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजाआराधना गर्दै व्रत बस्ने परम्परा छ । स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शाली नदीमा एक महिनासम्म मेला लाग्दछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार