सुनिल शिवाकोटी
१२ साउन, हेटौँडा । हेटौडा देशको अन्य उपमहानगर मध्य नमुना उपमहानगरपालिको छवी बनाउन सफल भएको उप महानगरपालिका हो ।
विकासको पुर्वाधारले सपन्न भएरै होला नमुना उपमहानगरपालिको सुचिमा पर्न सफल भएको हो । भर्खरै स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु चुनिसकेको अवस्थामा विकासको कामले तिब्रता पाउनु पर्नेमा पछिल्लो दिनहरुमा हेटौँडा सफा ,स्वच्छ नमुना उपमहानगरपालिको सुचिबाट तल झर्ने होकि भन्ने आँकलन गर्न थालीएको छ ।
हेटौँडा नगरमा दयनिय बन्दै गएको सडकको अवस्थाले गर्दा यस्तो आकलन गर्न थालिएको हो । हेटौँडाको सडकको अवस्थालाई हेर्ने हो भने हिँउदमा सवारी साधन गुड्दा धुलो उड्नु र बर्षातमा पानी पर्दा सडकको बिचमा बनेका खाल्टा खुल्टीले निम्त्याएको असुविधा र दुर्घटनाले नगरबासीमा नगरपालीका प्रति आक्रोश सृजर्ना गरेको त छ नै संवन्धित निकायले समयमानै ध्यान नदिदा सडकको अवस्था झनझन बिग्रँदै गएको छ । २५ मिटर सडक विस्तारको कार्यले गति नलिदा र बजेट सक्न आर्थीक बर्षको समाप्ती र मनसुन सुरु भएपछी गरिने काम चलाउ गरिने बिकास निर्माणका कामले जन्ता आजित भएका छन । संवन्धित निकायको ध्यानाकर्षण गराउन हेटौँडाका आम सर्वसाधरणले बाटो बन्द देखी सडकमा धान रोप्ने कार्य पनि नगरेका होईनन तर नगरपालीकाको कछुवा गतिको कामले सर्वसाधरण उपमहानगरपालिका र जनप्रतिनिधी प्रती आकोशित बनेका छन । मेनरोडमा दिनहुजसो जाम पर्ने गरेको छ । यो समस्याको लागी राटोमाटे देखी राप्ती पुल सम्मको बाईपासको मर्मत संहार गरी मेनरोडमा भएको ट्राफिक जामलाई कम गर्न न उपमहानगरपालिकाको ध्यान पुगेको छ नत निर्वाचीत जनप्रतिनिधिहरुकोनै ध्यान गएको देखिन्छ ।
हेटौंडाको कान्तिराज पथ, पारीजात पथ, भैरव रोड, चिल्ड्रेन पार्क, गर्दोई को सडकको अवस्था अझ दयनीय छ । कान्तिराज पथबाट भैरव रोड हुदै चिल्ड्रेन पार्क, गर्दोई जाने बाटोको खाल्डोमा थुप्रै दुघर्टना भइसकेका छन । खाल्डो हुनुको साथै ठाँउ ठाँउमा पानीको पाईप बिग्रीएर कालो पत्रे उप्किएको देख्न पाइन्छ भने कान्तिराज पथ पारीजात पथ हुदै हुप्राचौर जाने बाटो बिगत १५ दिन देखी कालो पत्रे उप्काएर प्रवेश निषेध गरिको छ जसले गर्दा सर्वसाधरणहरु मेनरोड र भैरव रोड भएर यात्रा गर्न बाध्य भएका छन ।
हेटौँडा ४ चिल्ड्रेन पार्कका स्थानीय गजेन्द्र गीरीले बाटो खाल्टो भएका कारण पानी पर्दा खल्टो नदेखिने हुदा धेरै मोटरसाईल र सवारीसाधन दुर्घटनामा पर्ने गरेको तितो यर्थाथ सुनाए ।
यस बिषयमा बुझन हेटौंडा उपमहानगरपालिका पुग्दा हेटौंडा उपमहानगरपालिकाका मेयर कार्य कक्षमा भेटिएनन । त्यपछी योजना र तर्जुमा को जिम्मा पाएको योजना तर्जुमा तथा पूर्वाधार बिकास महाशाखा पुग्दा महाशाखाका प्रमुख कृष्ण बहादुर अधिकारीले भैरव रोड क्षेत्रको बाटो र कान्तिराज पथ पारीजात पथ हुदै हुप्राचौर जाने बाटो केही प्राबिधिक कारणले छिटो मर्मत सम्भार हुन नसकेको बताए । उपभोक्त समिती मार्फत काम गरिएको र खानेपानीको पाईप मर्मत संहार र हाउस होल्ड च्याम्बर बनाउने कार्यले गर्दा ढिला भएकोले खानेपानीको पाईप मर्मत संहारको काम र हाउस होल्ड च्याम्बर बनाउने काम लगभग सकिएकोले २/४ दिनामा ढलान गर्नेकाम सुरु हुने बताए । अधिकारीले एमसिपीएमको १ करोडको सहयोगमा हेटौडाको हरिकुञ्ज रोड, देवी पथ र पारीजात पथमा करिब ५०० मिटर ढलान गर्न थालिएकोमा अब पारीजात पथको १४७ मिटर मात्र बाँकी रहेको बताउदै उनले भैरव रोड देखी गर्दोई सम्म ढलानको लागी प्रबिधिक अध्यन भईरहेको बताए ।
कान्तिराज पथ बाट पारीजात पथ हुदै हुप्राचौर जाने बाटो कालो पत्र उप्काएको अवस्थामा
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



