सुनिल शिवाकोटी
१२ साउन, हेटौँडा । हेटौडा देशको अन्य उपमहानगर मध्य नमुना उपमहानगरपालिको छवी बनाउन सफल भएको उप महानगरपालिका हो ।
विकासको पुर्वाधारले सपन्न भएरै होला नमुना उपमहानगरपालिको सुचिमा पर्न सफल भएको हो । भर्खरै स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु चुनिसकेको अवस्थामा विकासको कामले तिब्रता पाउनु पर्नेमा पछिल्लो दिनहरुमा हेटौँडा सफा ,स्वच्छ नमुना उपमहानगरपालिको सुचिबाट तल झर्ने होकि भन्ने आँकलन गर्न थालीएको छ ।
हेटौँडा नगरमा दयनिय बन्दै गएको सडकको अवस्थाले गर्दा यस्तो आकलन गर्न थालिएको हो । हेटौँडाको सडकको अवस्थालाई हेर्ने हो भने हिँउदमा सवारी साधन गुड्दा धुलो उड्नु र बर्षातमा पानी पर्दा सडकको बिचमा बनेका खाल्टा खुल्टीले निम्त्याएको असुविधा र दुर्घटनाले नगरबासीमा नगरपालीका प्रति आक्रोश सृजर्ना गरेको त छ नै संवन्धित निकायले समयमानै ध्यान नदिदा सडकको अवस्था झनझन बिग्रँदै गएको छ । २५ मिटर सडक विस्तारको कार्यले गति नलिदा र बजेट सक्न आर्थीक बर्षको समाप्ती र मनसुन सुरु भएपछी गरिने काम चलाउ गरिने बिकास निर्माणका कामले जन्ता आजित भएका छन । संवन्धित निकायको ध्यानाकर्षण गराउन हेटौँडाका आम सर्वसाधरणले बाटो बन्द देखी सडकमा धान रोप्ने कार्य पनि नगरेका होईनन तर नगरपालीकाको कछुवा गतिको कामले सर्वसाधरण उपमहानगरपालिका र जनप्रतिनिधी प्रती आकोशित बनेका छन । मेनरोडमा दिनहुजसो जाम पर्ने गरेको छ । यो समस्याको लागी राटोमाटे देखी राप्ती पुल सम्मको बाईपासको मर्मत संहार गरी मेनरोडमा भएको ट्राफिक जामलाई कम गर्न न उपमहानगरपालिकाको ध्यान पुगेको छ नत निर्वाचीत जनप्रतिनिधिहरुकोनै ध्यान गएको देखिन्छ ।
हेटौंडाको कान्तिराज पथ, पारीजात पथ, भैरव रोड, चिल्ड्रेन पार्क, गर्दोई को सडकको अवस्था अझ दयनीय छ । कान्तिराज पथबाट भैरव रोड हुदै चिल्ड्रेन पार्क, गर्दोई जाने बाटोको खाल्डोमा थुप्रै दुघर्टना भइसकेका छन । खाल्डो हुनुको साथै ठाँउ ठाँउमा पानीको पाईप बिग्रीएर कालो पत्रे उप्किएको देख्न पाइन्छ भने कान्तिराज पथ पारीजात पथ हुदै हुप्राचौर जाने बाटो बिगत १५ दिन देखी कालो पत्रे उप्काएर प्रवेश निषेध गरिको छ जसले गर्दा सर्वसाधरणहरु मेनरोड र भैरव रोड भएर यात्रा गर्न बाध्य भएका छन ।
हेटौँडा ४ चिल्ड्रेन पार्कका स्थानीय गजेन्द्र गीरीले बाटो खाल्टो भएका कारण पानी पर्दा खल्टो नदेखिने हुदा धेरै मोटरसाईल र सवारीसाधन दुर्घटनामा पर्ने गरेको तितो यर्थाथ सुनाए ।
यस बिषयमा बुझन हेटौंडा उपमहानगरपालिका पुग्दा हेटौंडा उपमहानगरपालिकाका मेयर कार्य कक्षमा भेटिएनन । त्यपछी योजना र तर्जुमा को जिम्मा पाएको योजना तर्जुमा तथा पूर्वाधार बिकास महाशाखा पुग्दा महाशाखाका प्रमुख कृष्ण बहादुर अधिकारीले भैरव रोड क्षेत्रको बाटो र कान्तिराज पथ पारीजात पथ हुदै हुप्राचौर जाने बाटो केही प्राबिधिक कारणले छिटो मर्मत सम्भार हुन नसकेको बताए । उपभोक्त समिती मार्फत काम गरिएको र खानेपानीको पाईप मर्मत संहार र हाउस होल्ड च्याम्बर बनाउने कार्यले गर्दा ढिला भएकोले खानेपानीको पाईप मर्मत संहारको काम र हाउस होल्ड च्याम्बर बनाउने काम लगभग सकिएकोले २/४ दिनामा ढलान गर्नेकाम सुरु हुने बताए । अधिकारीले एमसिपीएमको १ करोडको सहयोगमा हेटौडाको हरिकुञ्ज रोड, देवी पथ र पारीजात पथमा करिब ५०० मिटर ढलान गर्न थालिएकोमा अब पारीजात पथको १४७ मिटर मात्र बाँकी रहेको बताउदै उनले भैरव रोड देखी गर्दोई सम्म ढलानको लागी प्रबिधिक अध्यन भईरहेको बताए ।
कान्तिराज पथ बाट पारीजात पथ हुदै हुप्राचौर जाने बाटो कालो पत्र उप्काएको अवस्थामा
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...


















