Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसको भ्रातृसंस्थाहरुले सोमबार हेटौंडामा सरकार विरुद्ध प्रदर्शन गर्ने

20210131_191621-1612100432.jpg

१८ माघ, हेटौंडा । नेपाली कांग्रेसका भ्रातृ संस्थारुले सोमबार हेटौंडामा गर्न लागेको केपी ओली सरकार विरुद्धको प्रदर्शनमा व्यापक सहभागिताका लागि आग्रह गरेका छन् ।
आइतबार पार्टी कार्यलयमा गरेको छलफलपछि सोमबार प्रतिनिधि सभा विघटनविरुद्ध हुन गइरहेको विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै विरोध प्रदर्शनमा सहभागिताका लागी अपिल गरेका हुन् ।
विरोध प्रदर्शन भोली सोमबार दिनको १२ बजे हेटौंडा २ मा रहेको पार्टी कार्यलयमा भेला भएर सुरु हुने र बजार परिक्रमा पछि बुद्ध चोकमा सभामा परिणत हुने नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठकले जानकारी दिए ।
केपी ओली सरकारले चलेको संसद् विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासिनता लगाएतका विषयलाई मुख्य मुद्धाका रुपमा भोलि (सोमबार) प्रदर्शन गर्न लागिएको अध्यक्ष पाठकको भनाई छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेस र यसका भातृसंगठनहरु आन्दोलनमा रहेको उल्लेख गर्दै नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले ओली सरकारलाई झुकाउन सबैलाई साथ दिन अग्रह गरे ।
विरोध प्रर्दशनको तयारीको विषयमा आइतबार भएको छलफलमा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने, पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, अम्रिता थापा, क्षेत्रिय सभापति यतीराज साकोटा, नेपाल महिला संघ मकवानपुकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेपाल टे«ड युयिन कांग्रेस मकवानपुरका पुर्व अध्यक्ष अर्जुन श्रेष्ठ, नेपाली कांग्रेस हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ समितिका सभापति हरीप्रसाद पौडेल, नेपाल प्रेस युनियन मकवानपुरका जिल्ला अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष मणीराज गौतम लगाएतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार