१८ माघ, हेटौंडा । मामाघर नेपाललाई खाद्यान्न सहयोग
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको ११ औं बार्षिकोत्सवको अवसरमा मामाघर नेपाल संस्थालाई खाद्यान्न सहयोग गरिएको छ । सहकारीको स्थापना दिवस तथा रेडियोको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन मामाघर नेपाललाई खाद्यान्न सहयोग गरिएको हो ।
सडक बालबालिकाको उद्दार, संरक्षण, पालनपोषण एवम् हेरचाह गर्दै आएको संस्थालाई ६ बोरा चामलसहित चाउचाउ, तेल, चिनीलगायतका सामग्री सहयोग गरिएको हो ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, दिव्यतारा सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीलगायले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । मामाघरले हामलसम्म १८३ जना सडक बालकलाई उद्दार गरी संरक्षण गरेको र १३१ जनालाई परिवारमै पुनर्मिलन गराउन सफल भएको अर्पण पराजुलीले जानकारी दिए । हाल संस्थामा २५ जना रहेका छन् ।
रेडियो मकवानपुर अध्यक्ष आनन्दराम पराजुलीले सामाजिक काम गर्ने संस्थालाई सबैको सहयोग जरुरी रहेको बताए । व्यक्तिगत र संस्थागत सहयोग सदैव जारी रहने उनले प्रतिबद्धता जनाए ।
मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको प्रमुख आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । मामाघर नेपालले गरेको कामको प्रशंसा गर्दै उनले आफू पनि सहयोगका लागि सदैव तयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष ईश्वर पण्डित, युवा नेताहरु विकास नेपाल, आशिष भट्टलगायतको आतिथ्यता रहेको थियो ।
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...




_edit_12985189-1794274603.jpg)













