Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

संविधानको रक्षाका लागी कांग्रेस सडकमा आउन पछि पर्दैनः नेतृ डिना

अदालतको सर्बोच्चता कायम गर्न कांग्रेस निर्वाचनमा जान्छः बानियाँ

sss-1612176461.jpg

१९ माघ, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य माहालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली कांग्रेस सडकमा आउन पछि नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलिको कदम सर्बोच्च अदालतको निर्णयबाट वा निर्वाचनबाट नसच्चिने हो भने कांग्रेस सडकमा जाने चेतावनी दिइन् ।
नेपाली कांग्रेसका भातृ संगठनहरुले हेटौंडामा गरेको बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै नेतृ उपाध्यायले राणा, पञ्चायत र राजालाई फालेको स्मरण गराउँदै नेपाली कांग्रेस सडकमा आउनुपरे कम्युनिष्ट र केपी शर्मा ओलीको सर्वसत्तावाद तासको महलजस्तै तहस नहस हुने चेतावनी दिईन ।
उनले सभालाई सम्बोधन गर्दै संसद पुनःस्थापन नेपाली कांग्रेको प्रहिलो प्राथमिकता भएको बताईन् । उनले संविधानको स्थायित्व र लोकतन्त्रको रक्षा सर्बोच्च आदालतको निर्णयबाट वा निर्वाचनको माध्यमबाट होस कुनैपनि हालतमा हुनैपर्ने बताईन ।
नेपाली कांग्रेस अहिले सांकेतिक रुपमा सडकमा आएको दावी गर्दै नेतृ उपाध्यायले संसद पुनःस्थापन वा तोकिएको समयमा निर्वाचन नभए नेपाली कांग्रेस सत्तरी बर्षको जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न पूर्णरुपमा सडकमा उत्रने चेतावनी दिईन ।
यस्तै सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुले आफ्नो घरको झगडा मिलाउँन नसकेर जनताले दुःख दिएको आरोप लगाए । 
विगतमा भएका भ्रष्टाचारमा भागवण्डा नमिलेपछि निहित स्वार्थका कारण मिलेका दुई कम्युनिष्टहरु फुटको संघारमा पुगेको दावी गर्दै नेता बानियाँले भोटको राजनिति गरेका कम्युनिष्टहरुले जनताको मत माथी कुठाराघात गरेको दावी गरे । 
उनले स्थायी सरकार दिने, सम्बृद्ध नेपाल र सुखि नेपालीको सपना देखाउँने जस्ता झुठा आश्वासनबाट मत बटुलेका कम्युनिष्टहरुले जनताले पाँच बर्षका लागी सरकार चालाउँन दिएको अवसरलाई दुरुपयोग गर्दै अन्ततः आफनो असली चरित्र देखाएको आरोप लगाए ।
नेता बानियाँले सर्बोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना हुनैपर्ने यदि त्यसो नभए अदालतको सर्बोच्चता कायम गर्न नेपाली कांग्रेस निर्वाचनमा जान पछि नपर्ने बताए । उनले कार्यकर्ताहरुलाई निर्वाचनको तयारीका लागी तयार रहन पनि आग्रह गरे ।
नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षतामा भएको विरोध सभामा नेविसंघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेविसंघका पूर्व केन्द्रीय सदस्य भगवान अधिकारी, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवानापुरका अध्यक्ष राजु खतिवडा, नेपाल दलित संघ मकवानपुरका पूर्व अध्यक्ष मिलन विश्वकर्मा, नेपाल तामाङ घेदुङ संघ मकवनपुरका अध्यक्ष चुम्फुरत्न लामा लगाएतले बोलेका थिए ।
 

qq-1612176463.jpg
qqqa-1612176489.jpg
aaad-1612176490.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

थप समाचार