Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रेडियो मकवानपुर मिडियाकप फुटसल: रेडियो सन्देश र टिम टिभि फाइनलमा

20210202_184620-1612271085.jpg

२०माघ,हेटौँडा । रेडियो मकवानपुरको बार्षिक उत्सवको आयोजित मिडिया कप फुटसल प्रतियोगितामा रेडियो सन्देश र टिम टिभि फाइनलमा प्रवेश गरेका छन्।आज भएको  रेडियो सन्देश रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। 

यस्तै आज भएको अर्को खेलमा टिम टिभीले सकृय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । 

फाइनल खेलअघि महिला पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत हुने रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेश दर्पण अधिकारीले बताएका छन्।आजबाट सुरु भएको मिडिया कप फुटसलको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । 

रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँले  मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा , मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश कोइराला, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन उपाध्यक्ष मणिराज गौतम, मकवानपुर जिल्ला फुटबल संघ सदस्य विकेशलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

मिडियाकप फुटबलको फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ।रेडियो आफ्नो बार्षिक उत्सवको अवसरमा गतबर्ष देखि प्रतियोगिता गर्दै आएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार