Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

बकैया गाउँपालिका

बकैया गाउँपालिका माघ २९ गते बालमैत्री घोषणा हुने, तयारी पुरा

20210206_201145-1612621786.jpg

२४ माघ, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा हुनृ भएको छ । गाउँपालिकालाई माघ २९ गते एक समारोहकाबीच बालमैत्री घोषणा गरिने भएको हो ।

शनिबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २९ गते बालमैत्री घोषणा गरिने र त्यसको तयारी पुरा भएको गाउँपालिकाले जनाएको छ। 

बालमैत्री स्थानीय शासनका ३९ वटा सुचकहरु मध्ये १९ वटामा सत प्रतिशत र २० वटा सुचकहरुमा ९८ प्रतिशत सफलता प्राप्त गरेकोले गाउँपालिकालाई बालमैत्री घोषणा गरिन लागिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताएका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति र उप-समिति गठन गरिएको बताए । 

'बालमैत्री गाउँपालिका घोषणाका लागि २०७४ साल पुस १७ गते सामुहिक प्रतिबद्धता जनाई  विभिन्न क्रियाकलाप गरिएको छ । सोही अनुरुप माघ २९ गते गाउँपालिकालाई बालमैत्री घोषणा गरिन लागिएको हो'-गाउँपालिका अध्यक्ष खनालले भने ।  

त्यसैगरी पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले गाउँपालिकाकाले बालमैत्री स्थानीय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख रुपैया बजेट छुट्याएको बताइन् । उनले हाल अभियानका लागि १३ जना सहजकर्ताहरु कार्यरत रहेको बताइन् । 

माघ २९ गते बालमैत्री घोषणा भएसँगै मकवानपुरको बकैया  दोस्रो बालमैत्री गाउँपालिका बन्ने छ । यसअघि मकवानपुरको पश्चिम क्षेत्रमा रहेको मनहरी गाउँपालिका जिल्लाको पहिलो  बालमैत्री गाउँपालिकाको रुपमा घोषण भइसकेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार